निजी विद्यालय १५ वर्षमा गैरनाफामुलक बनाउनुपर्छ : सुमना श्रेष्ठ
बिहीबार, १२ असार २०८२, १६ : ५२
सारांश
- सांसद सुमना श्रेष्ठले निजी विद्यालय १५ वर्षमा गैरनाफामुलक बनाउनुपर्ने बताइन्।
- उनले शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्दै यस्तो धारणा राखिन्।
- संविधान अनुसार निजी विद्यालयलाई गैरनाफामुलक बनाउनुपर्ने उनको भनाइ थियो।
काठमाडौँ । पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी कि सांसद सुमना श्रेष्ठले निजी विद्यालय १५ वर्षमा गैरनाफामुलक बनाउनुपर्ने बताएकी छन्। शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बोल्दै उनले १५ वर्षभित्रमा निजी विद्यालयहरू गैरनाफामुलक हुनुपर्ने बताएकी हुन्।
संविधानको स्प्रिट अनुसार निजी विद्यालयहरूलाई गैरनाफामुलक बनाउनुपर्ने उनको भनाइ थियो । संविधानको स्प्रिट अनुसार जान नसकिने भएपछि संविधान नै संशोधन गर्नुपर्ने उनले बताइन् ।
ऐन प्रारम्भ भएपछिको १५ वर्षभित्रमा गैरनाफामुलक संस्थाको रूपमा हुनुपर्ने आफ्नो प्रस्ताव भएको उनले बताइन् । शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमा विवादित विषयमा छलफल चलिरहेको छ। विवादित विषय टुङ्गो लगाएर असार १५ गते प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
-
नेपालबिना भारत विश्वगुरु बन्न सक्दैन : राजकिशोर यादव
-
ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छाैँ : मन्त्री पटेल
-
फाइनल अघि मेस्सीको एउटा पोस्टले प्रशंसकमा कौतुहलता, सन्न्यास लिन लागेका हुन् ?
-
मेटलाइफ स्टेडियमले विश्वकप फाइनल आयोजना गर्ने अवसर कसरी पायो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण