विपद् उद्धार र राहत दिने सरकारी कोषमा ४ अर्ब ६५ करोड रकम
बिहीबार, १२ असार २०८२, १७ : २०
सारांश
- प्राकृतिक प्रकोपबाट हुने उद्धार तथा राहतका लागि सरकारी कोषमा ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ।
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ८९ करोड २९ लाख रुपैयाँ जम्मा छ।
- जिल्ला व्यवस्थापन कोषमा न्यूनतम मौज्दात कायम राख्न केन्द्रबाट रकम पठाइएको छ।
काठमाडौँ । प्राकृतिक प्रकोपबाट हुने उद्धार तथा राहतका लागि सरकारी कोषमा ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार विभिन्न कोषमा गरी सो बराबरको रकम उपलब्ध रहेको हो ।
यसमध्ये प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ८९ करोड २९ लाख, केन्द्रीय विपद् व्यवस्थापन कोषमा १ अर्ब २७ करोड ४७ लाख, प्रदेश विपद् व्यवस्थापन कोषमा ७९ करोड ४१ लाख तथा जिल्ला विपद् व्यवस्थापन कोषमा ६९ करोड ५ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्टका अनुसार जिल्ला व्यवस्थापन कोषमा जुन न्यूनतम मौज्दात हुनुपर्ने भन्ने व्यवस्था अनुसारले केन्द्रबाट रकम पठाएर सम्पूर्ण जिल्लाको कोषमा न्यूनतम मौज्दातलाई कायम राखेका राखिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण