रहेनन् ‘मिसन इम्पोशिबल’ का सङ्गीतकार लालो शिफ्रिन
शुक्रबार, १३ असार २०८२, १२ : १८
सारांश
- हलिउड फिल्म 'मिसन इम्पोसिबल' सिरिजका संगीतकार लालो शिफ्रिनको निधन भएको छ।
- ९३ वर्षीय शिफ्रिनको मृत्यु निमोनियासम्बन्धी जटिलताका कारण भएको बताइएको छ।
- शिफ्रिनले चार पटक ग्रामी अवार्ड जितेका थिए र उनी ६ पटक ओस्करको मनोनयनमा परेका थिए।
लस एञ्जलस । हलिउड फिल्म ‘मिसन इम्पोसिबल’ सिरिजका संगीतकार लालो शिफ्रिनको मृत्यु भएको छ । ९३ वर्षका शिफ्रिनको बिहीबार मृत्यु भएको बताइएको छ ।
उनको मृत्युको खबर शिफ्रिनको छोरा विलियम र रायनले पुष्टि गरेका हुन् । निमोनियासँग सम्बन्धित जटिलताका कारण पिताको निधन भएको उनीहरूले भनेका छन् ।
शिफ्रिनले चार पटक ग्रामी अवार्ड जितेका थिए । उनी ६ पटक ओस्करको मनोनयनमा परेका थिए । ‘हरेक फिल्मको आफ्नै व्यक्तित्व हुन्छ । फिल्मको लागि सङ्गीत लेख्ने कुनै नियम हुन्न ।’
२०१८ मा उनले एसोसिएटेड प्रेसलाई भनेका थिए । फिल्मले नै सङ्गीत कस्तो हुनेछ भनेर बताउने उनले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण