रास्वपाद्वारा काठमाडौंका १४ ठाउँमा ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन
शुक्रबार, १३ असार २०८२, १५ : ५६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा हस्ताक्षर अभियानका लागि ऐक्यवद्धता डेस्क सञ्चालन गरेको छ।
- पार्टी सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउँदै अभियान थालिएको हो।
- सहकारी ठगी प्रकरणमा सभापति लामिछाने जेलमा रहेको र १४ स्थानमा डेस्क राखिएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हस्ताक्षर अभियानका लागि ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन गरेको छ ।
शुक्रवार काठमाडौंको कलंकीमा पार्टीका नेताहरु उपस्थित भइ हस्ताक्षर अभियानका लागि ऐक्यवद्धता डेस्कको शुभारम्भ गरेका हुन् ।
रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै त्यसको विरुद्धमा जनताको हस्ताक्षर अभियान शुरु गरेको हो ।
सभापति लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा छन् । बुटवको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा राख्न आदेश दिएको थियो ।
शुक्रवारबाट काठमाडौंका १४ ठाउँमा ऐक्यवद्धता डेस्क सञ्चालनमा ल्याइएको रास्वपाले बताएको छ । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण