चार घण्टादेखि एकीकृत समाजवादीको बैठक जारी
शुक्रबार, १३ असार २०८२, १६ : २३
सारांश
- नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा छलफल भयो।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध जग्गा किनबेचमा हदबन्दी छुट दिएको आरोप लगाएको छ।
- नेपालले विशेष अदालतमा बयान दिई ३५ लाख धरौटी बुझाएका थिए र हालसम्म सांसद पद निलम्बनमा छन्।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक चार घण्टादेखि बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा जारी बैठकमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दाका विषयमा केन्द्रित रहेको बताइएको छ ।
अध्यक्ष नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपिठले काभ्रेमा जग्गा किनबेचका क्रममा हदबन्दी छुट दिने निर्णय गरेको भन्दै जेठ २२ गते मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा नेपालले बुधबार विशेष अदालतमा बयान दिँदै ३५ लाख धरौटी बुझाएका थिए । सोही मुद्दाका कारण नेता नेपालको सांसद पद निलम्बन भइसके पनि दलको नेता र अध्यक्षको जिम्मेवारी कसैलाई दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण