शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राष्ट्रिय परीक्षा बोर्ड

एसईई नतिजा : गणित विषयमा सबैभन्दा बढी विद्यार्थी फेल

शुक्रबार, १३ असार २०८२, २० : २२
शुक्रबार, १३ असार २०८२

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा बढी विद्यार्थी गणितमा ननग्रेडेड (एनजी) अर्थात फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८१ सालको एसईईको नतिजा अनुसार गणित विषयमा सबैभन्दा बढी एनजी आएको हो । 

गणित विषयमा मात्रै एक लाख २८ हजार २१५ जना ननग्रेडेड भएका छन् । पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले समग्रमा नतिजामा सुधार आएको भए पनि गणित विषयमा सबैभन्दा धेरै ननग्रेडेड हुनु दु:खद् भएको बताए ।  

त्यस्तै अंग्रेजीमा ८० हजार ६७२, नेपालीमा ५४ हजार ७३५, सामाजिकमा ५३ हजार १८६ र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले ननग्रेडेड भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप