‘परपीडक प्रवृत्ति’ विरुद्ध एलिना र समीक्षाको अभियानलाई प्रधानमन्त्री ओलीको समर्थन
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा गालीगलौजविरुद्ध गायिका एलिना चौहान र समीक्षा अधिकारीको कदमको प्रशंसा गरे।
- ओलीले गाली गर्ने प्रयोगकर्ताको प्रोफाइल सार्वजनिक गर्ने तरिकालाई समर्थन गर्दै समाजलाई परपीडक प्रवृत्तिबाट बचाउनुपर्ने बताए।
- उनले सकारात्मक काम गर्नेहरूले हिम्मत हार्न नहुने र गायिकाद्वयको अभियानले समाजलाई विवेकतर्फ फर्काउन मद्दत गर्ने विश्वास व्यक्त गरे।
काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा हुने गालीगलौजविरुद्ध गायिका एलिना चौहान र समीक्षा अधिकारीले चालेको कदमको प्रशंसा गरेका छन् ।
उनले गायिकाद्वयले गाली गर्ने प्रयोगकर्ताको प्रोफाइल सार्वजनिक गर्ने तरिकालाई 'सही' भन्दै समर्थन जनाएका हुन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ओलीले अरूलाई सरापेर आनन्द लिने 'परपीडक प्रवृत्ति'बाट समाजलाई बचाउनुपर्ने बताए ।
उनले सकारात्मक काम गर्नेहरूले हिम्मत हार्न नहुने भन्दै गायिकाद्वयको अभियानले समाजलाई विवेकतर्फ फर्काउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
ओलीले भनेका छन्–'आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ। समाजलाई उत्तेजनाले 'गाइड' गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन 'गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने' यी दुई गायिकाको तरिका सही लाग्यो। समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण