खेलाडीहरू भन्छन्, ‘यसपटक आक्रामक फुटबल हेर्न पाइनेछ’
सारांश
- नेपाली महिला टोली एएफसी एसियन कप छनोटका लागि उज्वेकिस्तान पुगेको छ।
- नयाँ प्रशिक्षक प्याट्रिक डे वाइल्डको नेतृत्वमा टोलीले प्रशिक्षण गरिरहेको छ।
- नेपालले असार १५ गते लाओससँग पहिलो खेल खेल्नेछ, जुन टोलीको १००औं खेल हुनेछ।
काठमाडौँ । नेपाली महिला टोली हाल एएफसी एसियन कप छनोट खेल्न उज्वेकिस्तानमा रहेको छ । नेपाल फुटबल संघ (एन्फा)ले गत सोमबार नेपाली महिला टोलीको बिदाइ गरेको थियो ।
छनोट चरणमा नेपाल आयोजक उज्वेकिस्तानसँगै समूह एफमा रहेको छ । यो समूहमा लाओस र श्रीलङ्का पनि छन् ।
टोलीले हाल नयाँ प्रशिक्षक प्याट्रिक डे वाइल्डको नेतृत्वमा प्रशिक्षण गरिरहेको छ । नेपालले पहिलो खेल असार १५ गते लाओससँग खेल्नेछ । यो नेपाली महिला टोलीको ल्यान्डमार्क १ सयौँ खेल पनि हुनेछ ।
गोलकिपर उषा नाथ नयाँ प्रशिक्षकसँग प्रशिक्षण राम्रो भइरहेको बताउँछिन् । उनले अहिले धेरै नयाँ कुरा सिक्ने मौका पाएको बताइन् । उनले भनिन्, ‘कोच र हामी खेलाडी सबैले मेहनत गरेका छौँ । कोचबाट कतिपय नयाँ कुराहरू सिक्ने मौका पाएका छौँ । हामीलाई धेरै मद्दत गर्नुभएको छ ।’
त्यस्तै अनुभवी मिडफिल्डर रेनुका नगरकोटीले पनि छनोट खेलहरूका लागि तयारी राम्रो भइरहेको जिकिर गरिन् । उनले भनिन्, ‘अहिले हामीले प्रो लाइसेन्स कोच पाएका छौँ । उहाँको खेलाउने तरिका फरक छ । त्यसैले पहिलेभन्दा टोलीको खेल धेरै फरक हुने अपेक्षा गर्न सकिन्छ ।’
‘पहिले हामी डिफेन्सिभ खेल्थ्यौँ, अलि डराएजस्तो । तर, अहिले कोचले अट्याकिङ खेल्न भन्नुहुन्छ । डराउने होइन, अगाडि नै खेल्ने हो नत्र स्कोर गर्न सकिन्न भन्नु हुन्छ,’ उनले थपिन् ।
नगरकोटी सन् २०१० देखि नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेकी छन् । उनले यो १५ वर्षमा नेपाली महिला फुटबलमा धेरै परिवर्तन भएको बताइन् । ‘अहिलेसम्म आइपुग्दा धेरै राम्रा परिवर्तनहरू भइरहेका छन् । १५ वर्षमा हामीले धेरै खेल्न नै पाएनौँ । मेरै ५५–५६ क्याप मात्र छ । अहिले घरेलु र अन्तर्राष्ट्रिय खेलहरू बढेका छन् । नयाँ खेलाडीहरू पनि आइरहेका छन् । यो देखेर खुसी लाग्छ । हामी पछि पनि छ खेल्नलाई खेलाडीहरू चाहिन्छ ।’
नेपालले दोस्रो खेल असार १७ मा श्रीलङ्कासँग र तेस्रो खेल उज्वेकिस्तानसँग असार २१ गते खेल्नेछ । एसियन कम सन् २०२६ को मार्चमा अस्ट्रेलियामा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण