कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका
सारांश
- तानसेन र रामपुर नगरपालिकाले किसानलाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउन विभिन्न सामग्री वितरण गरेका छन्।
- तानसेन नगरपालिकाले बाख्रा, मौरीघार, र अन्य कृषि सामग्रीहरू किसानहरूलाई उपलब्ध गराएको छ।
- रामपुर नगरपालिकाले ३९ जना किसानलाई मौरीका घार वितरण गरेको छ, जसले उनीहरूको आयआर्जन बढाउन सहयोग गर्नेछ।
तानसेन । यहाँका स्थानीय तहले कृषि र पशुपालनबाट आफ्नो क्षेत्रका किसानलाई आत्मनिर्भर बनाउने जमर्को गरेका छन् । तानसेन र रामपुर नगरपालिकाले किसानलाई कृषिमा आत्मनिर्भर बनाउने जमर्को गरेका हुन् ।
कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको तानसेन नगरपालिकाले नगर भित्रका किसानहरुलाई आत्मनिर्भर बनाउन कृषि सामग्री, बाख्रा र मौरीघार प्रदान गर्दै आएको छ ।आर्थिक विकास परियोजना अन्तर्गत नगरपालिकाले यहाँका किसानलाई बाख्रा, मौरीघार र अन्य कृषि सामग्रीहरु उपलब्ध गराउदै आएको हो ।
नगरको नीति तथा योजनाअनुसार आर्थिक विकास सङ्घ रेडासँग सहकार्य गर्दै नगरपालिकाले ११ वटा वडामा बाख्रा, कुखुरा, बिउबिजन वितरण गरिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । उनले भने, ‘हामी कृषि र पशुपालनबाटै नगरको समृद्धि खोजिरहेका छौं, जबसम्म हामीले किसानलाई व्यावासायिक बनाउन सक्दैनौँ तबसम्म समृद्धि हासिल हुँदैन ।’
हालसम्म वडा नं. १ मेड्पाअन्तर्गत सिलाई मेसिन, वडा नं. ६ मा २० वटा बाख्रा, वडा नं. ७ मा २० वटा बङ्गुर, वडा नं. ८ का कृषकलाई २० वटा बाख्रा, वडा नं. ९ मा सुन्तला फलफूल वितरण, वडा नं. १० का कृषकलाई २२ वटा बिउपाठी र १ बिउ बोका उपहारको रूपमा प्रदान गरिएको छ ।
यसैगरी, वडा नं. ११ मा ५ हजार कुखुरा, ६२ वटा बाख्रा, एउटा बिउ बोका, २२ गोलासहित मौरी घार, वडा नं. १२ मा ५८ वटा हाते टयाक्टर, २९ कम्वायल, १२ कन्सेलर, प्रदान गरिएको नगरपालिका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिए । बाख्राका पाठापाठी अन्य कृषकलाई उपहार दिनेगरी बाख्रा प्रदान गरिएको हो ।
आर्थिक विकास सङ्घ रेडा पाल्पाका निर्देशक लीलाबहादुर कार्कीले किसानलाई प्रोत्साहन गर्दै कृषकका आवश्यकता र मागका आधारमा तानसेन नगरपालिकाको आर्थिक सहयोग र हेफर नेपालको प्राविधिक सहयोग, रेडाको सहजीकरणमा कृषि सामग्री उपलब्ध गराएको छ ।
साथै रामपुर नगरपालिकाले पनि कृषकको आयआर्जन बढाउन नगरभित्रका ३९ जनालाई ९५ मौरीका घार वितरण गरेको छ । पालिकाले ५० प्रतिशत अनुदानमा घार वितरण गरेको हो । मौरी पालनलाई व्यवसायिक रुपमा प्रवद्र्धन गर्न घार वितरण गरिएको नगरपालिकाकी उपप्रमुख बालकुमारी थापाले बताइन् ।
परम्परागत घारमा पुरानै शैलीमा मौरीपालन गर्दै आएका रामपुर –४ का किसान शेरबहादुर रानाले आधुनिक घार पाएपछि आफूमा उत्साह थपिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण