...जब टिपर अनियन्त्रित भएर घरभित्र पस्यो
सारांश
- दैलेखको आठबिस नगरपालिकामा अनियन्त्रित टिपर घरभित्र पस्दा एकै परिवारका चार जनासहित पाँच जना घाइते भएका छन्।
- टिपर दुर्घटनापछि चालक फरार भएका छन्, भने घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
- दुर्घटनामा घर पूर्ण रूपमा भत्किएको छ र प्रहरीले फरार चालकको खोजी गरिरहेको छ।
सुर्खेत । दैलेखको आठबिस नगरपालिका–१, पाप्नेखोलामा एक अनियन्त्रित टिपर घरभित्र पस्दा एकै परिवारका चार जनासहित पाँच जना घाइते भएका छन् । दुर्घटनालगत्तै टिपर चालक फरार भएका छन् ।
पश्चिम दैलेखको सात्तलाबाट जम्बुकाँधतर्फ आइरहेको बा २ क ९३६९ नम्बरको टिपर सडक छेउमा रहेको स्थानीय (२७) बाले विकको ढुङ्गाले बनेको दुई कोठे घरमा पसेको थियो । टिपरको ठक्करबाट घर पूर्णरुपमा भत्किएको छ भने घरभित्र रहेका व्यक्तिहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार घाइते हुनेहरूमा घरधनी २७ वर्षीय बाले विक, उनकी २५ वर्षीया श्रीमती मनसरा विक, ६ वर्षीय छोरा रोशन विक र १८ महिनाका छोरा नवीन विक रहेका छन् । त्यस्तै उनीहरूका छिमेकी ५६ वर्षीय जङ्गे कामी पनि घाइते भएको सुनारले बताए ।
घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूको सातालास्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना गराएर फरार भएका चालक सोही नगरपालिकाको वडा नम्बर २ सिस्नेका हर्कबहादुर शाही रहेको खुलेको छ । ‘उनको खोजी कार्य तीव्र भइरहेको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
-
भोजनबाट अन्डा हटेपछि भारतमा पोषणसम्बन्धी बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण