शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटोफिचर

मनसुन सुरु भएसँगै नल्लु खोलाका बाढी पीडितहरू त्रासमा, तस्बिरहरू

शनिबार, १४ असार २०८२, १३ : ३९
शनिबार, १४ असार २०८२

सारांश

  • मनसुन सुरु भएसँगै बाढी पहिरोका कारण देशमा ठूलो क्षति पुगेको छ।
  • ललितपुरको ढुङ्गे, गैरीगाउँ र टुसालगाउँका स्थानीय बाढीबाट प्रभावित भएका छन्, तर सरकारले वास्ता गरेको छैन।
  • स्थानीयहरूले अवैध उत्खनन र सडक निर्माणलाई बाढीको कारण मानेका छन् र राहत तथा उचित व्यवस्थापनको माग गरेका छन्।

काठमाडौँ । अहिले देशभर मनसुनी प्रणाली सक्रिय भएको छ । मनसुन सुरु भएसँगै बाढी, पहिरो लगायतका विभिन्न प्राकृतिक विपत् देशले सामना गर्नु परेको छ । हरेक वर्ष बाढी, पहिरोमा परी सयौँ मानिसले ज्यान गुमाएका खबरहरू सञ्चार माध्यमबाट सुनिरहनु पर्ने अवस्था नयाँ र नौलो होइन ।

2_Dhunge Village_Damaged House_AB_4444

यस वर्ष गत वर्षको तुलनामा अधिक वर्ष हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गत असोज ११ र १२ गरेको अविरल वर्षा र त्यसपछिको बाढीले उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा धेरै क्षति पुर्‍याएको घटना सेलाउन नपाउँदै फेरि मनसुनजन्य विपत् सुरु हुन थालेको छ ।

18_Tika Bhairav Mandir_AB_4506

यस्ता खबर सञ्चार माध्यमबाट सुन्दा रातमा निदाउन सक्दैनन् ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं ६, ढुङ्गे, जुरे डाँडा नयाँबस्ती, गैरीगाउँ र टुसाल गाउँका स्थानीयहरू । नल्लु खोलामा गत असोजमा आएको बाढीले ढुङ्गे गाउँलाई बगर बनाएको थियो भने गैरीगाउँ र टुसाल गाउँका केही घरहरू नल्लुसँगै बगेका थिए, तर त्यहाँ स्थानीय सरकारले नै वास्ता गर्‍यो नत सङ्घीय सरकारकै नजर पर्‍यो ।

3_Dhunge Village Area_AB_4473

केही गैरसरकारी सङ्घहरूले जस्ता र राहत स्वरूप दाल चामल वितरण गरेको भए पनि वडा र नगरपालिकाले केही नगरेको स्थानीयको गुनासो छ । 

20_Nita Nagarkoti_Local of Dhunge_AB_4468

नीता नगरकोटी जस्ताले बनाएको अस्थायी घरको आँगनबाट ढुङ्गे तिर हेर्दै असोजको बाढी र त्यसले मच्चाएको वितण्डा सम्झिन्छिन् । दुई तले घर, पसल थियो, सबै बगायो । केही निकाल्न पाइएन । गरी खाने पसल पनि नरहेपछि अहिले उनी सो क्षेत्रमा सञ्चालन गरेको क्रसरमा ढुङ्गा सङ्कलन गर्ने काम गर्छिन् । गैरसरकारी सङ्घले दिएको जस्ताले अर्काकै जग्गामा टाउको राख्न अस्थायी घर बनाएको उनले बताइन् । नगरपालिका र वडाले आश मात्र देखाउने तर केही नगर्ने उनले गुनासो पोखिन् ।

1_Gairi Gaun_NPL_AB_4442

सो क्षेत्रमा दशकौँ देखि सञ्चालन गरिएको अवैध उत्खनन र क्रसर उद्योग त्यस्तै गरी ललितपुरको कोञ्ज्योसोम गाउँपालिका जानका लागि अध्ययन बिना नै जथाभाबी खनिएका सडकले नल्लु खोलामा बाढी निम्त्याएको स्थानीयहरू बताउँछन् ।

6_Thuli Nagarkoti_Local of Dhunge Village_AB_4486

नल्लु खोलाको धार नै परिवर्तन हुने गरी आएको बाढीले ठुली नगरकोटीको घर पनि बाँच्न सकेन । घरबार नै विहीन भए पछि  सिखर्पा गाउँ भाँडामा जमिन लिएर अस्थायी घर बनाएकी ठुलीलाई अहिले भाँडा तिर्न पनि मुस्किल भइरहेको छ । नगरपालिकाले १० वर्षको लागि भाँडा तिर्दिने भनेको भए पनि अहिले त्यसो नगरेको उनले सुनाइन् । श्रीमान् गुमाई सकेकी ठुली अहिले क्रसरमै ज्याला मजदुरी गर्छिन् ।

नीता नगरकोटी र ठुली नगरकोटी केही प्रतिनिधि पात्र मात्र हुन् सो बाढीले धेरैको घर बगाएको र उठिबास नै लगाएको छ । गैरीगाउँ र टुसालगाउँका केही परिवारहरू विस्थापित नै हुनु परेको छ ।

19_Bina Nagarkoti_Local of Dhunge Village_AB_4486

  खोलालाई पुरानै धारबाट फर्काउन तारजाली लगाउन माग राखे पनि वडाले सहयोग नगरेको स्थानीयले सुनाए । खोलाको मापदण्ड निर्धारण गर्नु पर्ने र जथाभाबी तारजाली लगाउन नमिले वडाको जवाफ पछि स्थानीयहरू अझ चिन्तित भएका छन् । कति बेला खोलामा बाढी आउने र अलि अलि बाचेको पनि लाने हो कि भनेर निदाउन नसक्ने स्थानीय राजकुमार नगरकोटीले बताए । ढुङ्गेमै भैँसी फर्म सञ्चालन गरेका उनको पनि बाढीले ५ वटा भैँसी बगाएको कुरा सुनाए । 

4_Dhunge Village Area_AB_4473

 त्यस बाढीले टिकाभैरब क्षेत्रमा पनि ठुलो क्षति पुर्‍याएको छ भने टीका भैरव मन्दिर नै जीर्ण बनेको छ । खोलाले धेरैको खेत कटान गरेको छ ।

नेपाल सरकार र सरकारका विभिन्न निकायहरूलाई हरेक वर्ष विपत् जन्य घटनाहरू न्यूनीकरण र प्रभावितलाई उचित राहतको घोषणा गरे पनि त्यो वास्तविक पीडित र प्रभावितले नपाउने गुनासो सधैँ जसो सुनिने गर्दछ । सङ्घीय राजधानीसँगै जोडिएको सो क्षेत्रमा सरकार नपुग्नु भनेको सो क्षेत्रका बासिन्दाको लागि सरकार नभए सरह हो ।

5_Gairi Gaun_Tushal Gaun Area_AB_44947_Tika Bhairav Mandir_AB_45068_Tika Bhairav_AB_45119_Jure Danda_Naya Basti_AB_451110_Jure Danda_Naya Basti_AB_451111_Jure Danda_Naya Basti_AB_451112_Gairi Gaun_NPL_AB_44427_Tika Bhairav Mandir_AB_45068_Tika Bhairav_AB_45119_Jure Danda_Naya Basti_AB_451110_Jure Danda_Naya Basti_AB_451111_Jure Danda_Naya Basti_AB_451112_Gairi Gaun_NPL_AB_444213_Jure Danda_Naya Basti_AB_451114_Nallu River Area_AB_451115_Gairi Gaun village_Godawari Municipality_ (1)16_Gairi Gaun village_Godawari Municipality_ (4)17_Gairi Gaun village_Godawari Municipality_ (4)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप