थाइल्यान्ड ओपन करातेमा एरिकालाई स्वर्ण
सारांश
- एरिका गुरुङले थाइल्यान्ड ओपन करातेमा स्वर्ण पदक जितिन्।
- अन्य नेपाली खेलाडीहरूले पनि विभिन्न विधामा पदक जिते।
- एरिकाले गत वर्ष एसियन सिनियर करातेमा रजत पदक जितेकी थिइन्।
काठमाडौँ । एरिका गुरुङले थाइल्यान्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन् । एरिकाले सिनियर महिला कुमिते ६८ केजीमा थाइल्यान्डकी चनकन खियोखामलाई पराजित गर्दै स्वर्ण जित्न सफल भएकी हुन् ।
थाइल्यान्ड ओपन करातेमा नेपालका लागि अन्य खेलाडीहरूले पनि पदक जितेका छन् । यू १२ पुरुष कुमिते ३७ केजीमा सम्पन्न बस्नेतले रजत जिते ।
सिनियर पुरुष कुमिते ७५ केजीमा राजीव पुडासैनीले तेस्रो स्थान हासिल गरेका छन् । त्यस्तै सिनियर महिला कुमिते ६८ केजीमा कृतिका अधिकारी तेस्रो भइन् । सिनियर महिला कुमिते ५५ केजीमा सबिना श्रेष्ठले तेस्रो स्थान हासिल गरिन् ।
सिनियर महिला कुमिते ५० केजीमा वर्षा बुढामगर तेस्रो भइन् । यू १४ महिला ५२ केजीमा दिया तामाङ तेस्रो भइन् । पुरुष कुमिते ४५ केजीमा आशिष हरिजन तेस्रो भए ।
एरिका नेपालका लागि गत वर्ष एसियन सिनियर करातेमा ऐतिहासिक रजत पदक जितेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण