एसईई प्रदेशबाट सञ्चालन गर्नेगरी शिक्षा समितिमा प्रस्ताव पारित
सारांश
- एसईई परीक्षा अब प्रदेश तहबाट सञ्चालन गर्ने प्रस्ताव शिक्षा समितिबाट पारित भएको छ।
- शिक्षा उपसमितिले एसईई हटाउने प्रस्ताव गरेपछि शिक्षा मन्त्रालयले विरोध जनाएको थियो।
- समितिका सदस्यहरूको धारणापछि एसईई प्रदेशबाट सञ्चालन गर्न दिने प्रस्ताव पारित भयो।
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेश तहबाट सञ्चालन गर्ने गरी संसद्को शिक्षा समितिबाट प्रस्ताव पारित भएको छ। विद्यालय शिक्षा विधेयकमा छलफलको क्रममा शिक्षा उपसमितिले आफ्नो प्रतिवेदनमा एसईई हटाउने प्रस्ताव गरेको थियो।
एसईई हटाउन नहुने भन्दै शिक्षा मन्त्रालयले प्रस्ताव पेस गरेको थियो। त्यसमा समिति सदस्यहरूले आआफ्नो धारणा राखेका थिए । उनीहरूको धारणापछि एसईई प्रदेशबाट सञ्चालन गर्न दिनेगरी प्रस्ताव पारित गरेको हो।
कक्षा १० अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा प्रदेशस्तरबाट सञ्चालन गर्न दिनेगरी प्रस्ताव समिति सभापति अम्मरबहादुर थापाले गरेका थिए। त्यसमा समितिका अधिकांश सदस्यहरूले पारित गरेका हुन।
प्रदेशबाट सञ्चालन गर्दै गर्दा राष्ट्रिय परीक्षा बोर्डसँग समन्वय गरेर काम गर्नुपर्नेछ। त्यस्तै प्रदेश कानुनको व्यवस्था भएबमोजिम हुने र त्यो नहुँदासम्म सङ्घीय कानुन अनुसार सञ्चालन गर्न बाधा नपुग्ने भनिएको हो।
उक्त प्रस्तावमा शिक्षामन्त्री रघुजी पन्तले यो संविधान विरोधी नभई यसले शिक्षाको गुणस्तर सुधार ल्याउने बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण