प्रतिनिधिसभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित
शनिबार, १४ असार २०८२, १८ : ०४
सारांश
- आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भयो।
- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक पारित गर्न प्रस्ताव गरेका थिए।
- प्रतिनिधिसभा बैठकले राष्ट्र ऋण उठाउने विधेयक पनि बहुमतले पारित गर्यो।
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले जेठ १५ मा ल्याएको आर्थिक विधेयकलाई प्रतिनिधि सभाले बहुमतले पारित गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा छलफलपछि उक्त विधेयक पारित गर्नका लागि प्रस्ताव गरेका थिए । प्रस्ताव सभामुख देवराज घिमिरेले निर्णयर्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरेका थिए ।
प्रतिनिधिसभा बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पनि बहुमतले पारित गरेको छ । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण