मकवानपुरको एसईई नतिजामा गत वर्षभन्दा सुधार, ५ जनाले ल्याए ४ जीपीए
सारांश
- मकवानपुरमा एसईई २०८१ मा ४६.८६ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य ठहरिएका छन्।
- जिल्लामा दुई हजार ७५९ जना विद्यार्थी एसईई परीक्षामा उत्तीर्ण भएका छन्, जसले गत वर्षको भन्दा नतिजा सुधारिएको देखाउँछ।
- राष्ट्रिय नतिजाको तुलनामा मकवानपुरको नतिजा कमजोर देखिएको छ, किनभने राष्ट्रिय स्तरमा ६१.८१ प्रतिशत विद्यार्थी योग्य छन्।
मकवानपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा मकवानपुरका ४६.८६ प्रतिशत विद्यार्थी ११ कक्षामा भर्ना हुन योग्य भएका छन् । शुक्रवार साँझ सार्वजनिक नतिजाअनुसार जिल्लाका कुल पाँच हजार ८८७ परीक्षार्थीमध्ये दुई हजार ७५९ जना उत्तीर्ण भएका छन् ।
यस वर्ष मकवानपुरले गत वर्षभन्दा नतिजामा सुधार ल्याएको छ । गत शैक्षिक सत्रमा मकवानपुरका पाँच हजार सात सय ५२ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएकामा ३६.४७ प्रतिशत विद्यार्थी मात्रै ११ कक्षामा भर्ना हुन योग्य भएका थिए । अर्थात् दुई हजार ९८ जना उत्तीर्ण हुँदा तीन हजार ६ सय ५४ जना विद्यार्थी कक्षा ११ भर्ना हुन नपाउने अर्थात् ननग्रेडेड (एनजी) भएका थिए ।
शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले दिएको जानकारी अनुसार शैक्षिक वर्ष २०८१ को एसईई परीक्षामा मकवानपुरबाट सामान्य शिक्षातर्फ पाँच हजार ६५८ जना र प्राविधिक शिक्षातर्फ २२९ जना परीक्षार्थी सहभागी भएका थिए । यसमध्ये सामान्यतर्फ दुई ६६२ र प्राविधिकतर्फ ९७ जना विद्यार्थी सफल भएका हुन् ।
यस्तै इकाईका अनुसार जिल्लाको तीन हजार १२८ जना विद्यार्थीको एसईई इन्कम्प्लिट भएको छ । जसमा सामान्यतर्फ दुई हजार ९९६ र प्राविधिकतर्फ १३२ जना छन् । मकवानपुरबाट ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ५ रहेको छ ।
यसै गरी यस शैक्षिक सत्रमा मकवानपुरबाट ३६७ जनाले ३.६ देखि ४.० जीपीए, ५८८ जनाले ३.२ देखि ३.६ जीपीए र ९६१ जनाले २.८ देखि ३.२ जीपीए ल्याएका छन् । यस्तै २.४ देखि २.८ जीपीए ल्याउनेको सङ्ख्या ५३९ रहेको छ भने २.० देखि २.४ जीपीए ल्याउनेको सङ्ख्या २९९ छ ।
यस वर्ष पनि मकवानपुरको नतिजा राष्ट्रिय नतिजा भन्दा भने कमजोर देखिएको छ । राष्ट्रिय नतिजाअनुसार कुल ६१.८१ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य रहेको पाइए पनि मकवानपुरका जम्मा ४६.८६ प्रतिशत विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।
यसअघि गत वर्ष ४७.८६ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य हुँदा मकवानपुरका जम्मा ३६.४७ विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण