अनेसास विश्व च्याप्टर सम्मेलनः ११बुँदे घोषणापत्र जारी गर्दै भव्य समापन
सारांश
- बेल्जियमको आन्थ्रोपेनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैटौँ च्याप्टर सम्मेलन सम्पन्न भयो।
- सम्मेलनमा विभिन्न साहित्यकारहरूका पुस्तक विमोचन गरियो र अनेसासका विभिन्न शाखाका प्रगति प्रतिवेदन प्रस्तुत गरियो।
- कार्यक्रममा 'अनेसास हिरो' घोषणा र विभिन्न विषयमा बहस समेत भएको थियो।
ब्रसेल्स (बेल्जियम) । बेल्जियमको डाइमन्ड सहर आन्थ्रोपेनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैटौँ च्याप्टर सम्मेलन सम्पन्न भएको छ ।
बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्सालको प्रमुख आतिथ्यता र अनेसासका केन्द्रिय सल्लाहकार जीवा लामिछानेको विशेष आतिथ्यतामा उद्घाटन भएको उक्त सम्मेलन संगठन र भाषा साहित्यबारे तीन दिनसम्म चलेर जुन २५ मा सकियो । सम्मेलन ११ बुँदे घोषणा जारी गर्दै समापन गरिएको हो ।
नेपाली राष्ट्रिय गीतबाट अघि बढेको समुद्घाटन सत्र अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा चलेको थियो । अनेसास केन्द्रका उपाध्यक्ष डिल्ली अम्माई र बेल्जियम च्याप्टरका महासचिव गोपाल दाहालले सञ्चालन गरेको उक्त सत्रमा अनेसास बोर्ड अफ ट्रष्टी (बीओटी)का सभापति पदम विश्वकर्माको विशिष्ट उपस्थिति थियो । उद्घाटन सत्रमा एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा, विशिष्ट अभियन्ताहरू प्राध्यापक डा. हेमराज शर्मा, लोक दाहाल लगायतले सम्मेलनको सफलताको शुभकामना दिएक थिए ।

कार्यक्रममा अनेसासका निवर्तमान अध्यक्ष गोबर्धन पूजा, वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदी, उपाध्यक्षद्वय डिल्लीराम अम्माई र सुदिपभद्र खनाल लगायत संसारभरिका अनेसास नेतृत्व तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । अनेसास केन्द्रको तर्फबाट वरिष्ठ साहित्यकार तथा वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले शुभकामना मन्तव्य दिएका थिए भने अनेसास बेल्जियमका उपाध्यक्ष लोकनाथ शर्माले स्वागत गरे ।
सम्मेलनको पहिलो दिन अनेसास युरोपका सह-संयोजक पंचम अधिकारीले अनलाइन हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरे, जसमा गोबर्धन पूजा प्रथम र सुरेन उप्रेती दोश्रो भए । त्यसपछि विभिन्न कविहरूले कविता बाचन गरे भने गायकहरूले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।
दोश्रो दिनको कार्यक्रममा अनेसास क्यानडाका संस्थापक अध्यक्ष सुरेन उप्रेतीलाई ‘अनेसास हिरो’ घोषणा गरियो । सम्मेलनले अनेसास पोर्चुगलका संस्थापक अध्यक्ष केजिन राईलाई पनि विशेष सम्मान गरेको थियो । कार्यक्रमको तेश्रो चरणमा वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीद्वारा लिखित ‘युरोपका नेपाली स्रष्टा’, उपाध्यक्ष डिल्ली अम्माईको ‘निरपेक्ष अस्तित्वको खोज’ लगायत दर्जनजति साहित्यकारहरूका पुस्तक विमोचन गरियो ।
कार्यक्रमको चौथो चरणमा अनेसास बेलायत, बोस्टन, बेल्जियम, क्यानाडा, फ्रान्स, नर्वे, सिक्किम, जर्मन, पोर्चुगल, स्पेन, पोल्यान्डलगायत शाखा अध्यक्ष तथा प्रतिनिधिहरूले आ-आफ्नो शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
अन्त्यमा, ‘भारतमा नेपाली साहित्य, आधुनिक वैश्विक लेखकीय धार तथा लिला लेखन’ विषयमा प्राज्ञ डा. प्राध्यापकद्वय कविता लामा, प्रध्यापक पुष्पा शर्मा र साहित्यकार नारायण अधिकारीले बहस गरेका थिए, जसको सहजीकरण प्राध्यापक उषा शर्माले गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण