महेश बस्नेतको स्ट्याटसले विक्षिप्त भएकी छु : समीक्षा अधिकारी
सारांश
- गायिका समीक्षा अधिकारीले एमाले नेता महेश बस्नेतले आफ्नो चरित्र हत्या हुनेगरी फेसबुक स्ट्याटस लेखेको आरोप लगाएकी छन्।
- अधिकारीले बस्नेतले फेसबुकमा लेखेको कुराले आफू विक्षिप्त बनेको बताइन्।
- उनले प्रधानमन्त्रीको पोस्टबाट हौसला मिले पनि बस्नेतको पोस्टले दुःखित बनाएको बताइन्।
काठमाडौँ । गायिका समीक्षा अधिकारीले नेकपा एमालेका नेता महेश बस्नेतले कुनै घटनाबाट आफूलाई चोख्याउन आफ्नो चरित्र हत्या हुने गरी फेसबुक स्ट्याटस लेखेको आरोप लगाएकी छन् । गायिका अधिकारीले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता बस्नेतको लेखाइले आफू अत्यन्त विक्षिप्त बनेको बताएकी छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले लेख्नुभएको फेसबुक पोस्टले हौसला दिएको र केही मात्रामा राहत मिलेको तर प्रधानमन्त्रीकै विश्वास पात्र बस्नेतले लेखेको पोस्टले आफूलाई विज्ञप्ति बनाएको बताएकी छन् ।
गायिका अधिकारीले लेखेकी छन्- ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो। तर त्यो पोस्टको मसी सुक्न नपाउँदै, हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु।’
गायिका अधिकारीले जनताको अदालतभन्दा ठुलो अरू केही नभएको बताउँदै जिन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएको कुरा तीन करोड जनतालाई थाहा भएको र धेरै भन्ने नपार्न समेत नेता बस्नेतलाई चेतावनी दिएकी छन् ।
उनले बस्नेतलाई प्रश्न गर्दै भनेकी छन्- ‘बस्नेत ज्यूलाई मेरो प्रश्न छ, मलाई र हजुरकी डाक्टर छोरी एकै ठाउँमा राखेर सोच्नुभएको भए के यस्तो लेख्ने हिम्मत आउँथ्यो.....?’
बस्नेतले शुक्रबार आफू विरुद्धको प्रकरणबारे फेसबुकमा स्ट्याटस लेख्ने क्रममा गायिका अधिकारीको प्रसङ्ग समेत जोडेका थिए ।
यस्तो छ गायिका अधिकारीको स्टाटस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण