कृषिमा प्रविधिको प्रयोग गरी उत्पादन बढाउन प्रधानमन्त्री ओलीको आह्वान
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले धान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै कृषि प्रणालीलाई आधुनिकीकरण गर्नुपर्ने बताए।
- ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै आधुनिक प्रविधिको प्रयोगबाट उत्पादन बढाउनुपर्नेमा जोड दिए।
- उनले रोपाइँ संस्कृतिलाई नेपालको मौलिक परम्परा र उत्पादनसँग जोडिएको पर्वको रूपमा व्याख्या गरे।
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, असार १५ को अवसरमा शुभकामना व्यक्त गर्दै परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै ओलीले कृषिमा आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादन बढाउनुपर्ने आवश्यकता औँल्याए । उनले रोपाइँ संस्कृतिलाई नेपालको मौलिक परम्परा र उत्पादनसँग जोडिएको पर्वको रूपमा व्याख्या गरे।
'माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना – यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो,' ओलीले लेखेका छन्, 'आज देश बाहिर भए पनि, बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ।'
उनले कृषि क्षेत्रको विकासका लागि अब आधुनिक बाटोमा जानुको विकल्प नभएको बताए। 'अब हामीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु पर्छ,' उनले भने। यसका लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको पनि उनले स्मरण गराए ।
ओलीले कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन वृद्धि गर्न सबैलाई आह्वान गर्दै दहीचिउरा खाने दिन तथा धान दिवसको शुभकामना दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण