धानको बिउ आयात ३१ प्रतिशत बढ्यो, १ अर्ब १६ करोड बराबरको आयात
सारांश
- चालु आर्थिक वर्षको ११ महिनामा धानको बिउ आयात ३१ प्रतिशतले बढेको छ, जसले १ अर्ब १६ करोड ६२ लाख ३५ हजार रुपैयाँ पुगेको छ।
- किसानहरुमा हाइब्रिड धानको आकर्षण बढ्दा रैथाने जातको खेती घट्दै गएको र बिउमा परनिर्भरता बढेको छ।
- आयात परिमाणमा पनि वृद्धि भएको छ, चालु आर्थिक वर्षमा २५७०.६८ मेट्रिक टन धानको बिउ आयात भएको छ।
काठमाडौँ । नेपालमा धानको बिउ आयात एक वर्षमै करिब ३१ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा (जेठ मसान्तसम्म) १ अर्ब १६ करोड ६२ लाख ३५ हजार रुपैयाँ बराबरको धानको बिउ आयात भएको छ ।
गत वर्षको सोही अवधिमा ८८ करोड ६५ लाख २१ हजार रुपैयाँको बीउ आयात भएको थियो। किसानहरूमा रैथाने जातभन्दा हाइब्रिड धानको आकर्षण बढ्दै जाँदा बीउमा परनिर्भरता बढेको विज्ञहरूले बताएका छन् ।
आयात परिमाण हेर्ने हो भने चालु आर्थिक वर्ष २५७०.६८ मेट्रिक टन धानको बीउ आयात भएको छ । अघिल्लो वर्ष २१०७.२३ मेट्रिक टन धानको बीउ आयात भएको थियो ।
विज्ञकाअनुसार उत्पादन बढी हुने भएकाले रैथानेको सट्टा हाइब्रिड जातको धान लगाउने क्रम बढ्दै जाँदा पछिल्लो समय रैथाने जातको धान खेती घट्दै गएको छ । साथै धानको बिउ आयात बढ्दो क्रममा रहेको भन्सार विभागको तथ्यांकले पनि देखाउँछ ।
- कुन वर्ष कति आयात गरियो धानको बिउ ?
आर्थिक वर्ष २०८०/८१ मा ८८ करोड ६६ लाख ९ हजार रुपैयाँको २१०७.४६ मेट्रिक टन धानको बिउ आयात भएको थियो ।
यसैगरी आर्थिक वर्ष २०७९/८० मा ७५ करोड ६३ लाख ९३ हजार रुपैयाँको १८८३.०९ मेट्रिक टन, आर्थिक वर्ष (२०७८/०७९ मा ८७ करोड ५ लाख ९२ हजार रुपैयाँको ५११५.०७ मेट्रिक टन बिउ आयात भएको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब १७ करोड ३८ लाख ६८ हजार रुपैयाँको ४५,२८४.६१ मेट्रिक टन र २०७६/७७ मा ७ करोड ८८ लाख ३ हजार रुपैयाँको २,१९१.०१ मेट्रिक टन बिउ आयात गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण