लेखा परीक्षणलाई अझ प्रभावकारी बनाएर लैजानेछु : तोयम राय
सारांश
- महालेखा परीक्षक तोयम रायले लेखा परीक्षणलाई अझ प्रभावकारी बनाउने बताएका छन्।
- महालेखाले संघीय संरचना अनुसार प्रदेश कार्यालयमार्फत लेखा परीक्षण गर्नेछ।
- कार्यालयले विभिन्न प्रतिवेदनमार्फत वित्तीय अनुशासन कायम गर्न सुझाव दिएको छ।
काठमाडौँ । महालेखा परीक्षक तोयम रायले आगामी दिनमा लेखा परीक्षणलाई अझ प्रभावकारी बनाएर लैजाने बताएका छन् ।
आइतबार महालेखा परीक्षक कार्यालयको ६७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै रायले नेपालको संविधान धारा २४१ अनुसार महालेखाले आफ्नो कार्यसम्पादन गर्दै आएको स्मरण गर्दै सङ्घीय संरचना अनुसार स्थापना भएका प्रदेशहरू कार्यालयहरूमार्फत अझ प्रभावकारी हिसाबले लेखा परीक्षण गरेर लगिने बताएका हुन् ।
उनले भने–‘महालेखाले रणनीतिक योजना, विभिन्न सरोकारवाला निकायहरूसँगको पृष्ठपोषण, लेखा परीक्षणको अनुभव तथा असल अन्तर्राष्ट्रिय अभ्यासअनुसार वार्षिक लेखा परीक्षण योजना, लेखा परीक्षण नीति तथा वार्षिक कार्यतालिका प्रकाशन गरी सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरी लेखा परीक्षण सम्पन्न गर्ने गरेको छ । महालेखाले सम्पादन गरेको कामको सम्बन्धमा अन्य देशको सर्वोच्च लेखापरीक्षण संस्थाद्वारा समकक्षी पुनरवलोकन गर्ने समेत गरिएको छ । सन् २०१४ मा भारतको नियन्त्रक एवं महालेखा परीक्षकबाट र सन् २०२१ मा स्टेट अडिट अफिस अफ थाइलाइण्डबाट पनि रिभ्यु भएको छ ।’
रायले महालेखा परीक्षक कार्यालयले २०५९ देखि २०८१ सम्म आफ्ना २३ ओटा वार्षिक प्रतिवेदनमार्फत समग्र वित्तीय अनुशासन कायम गर्न तथा सार्वजनिक सेवा प्रवाहलाई सुधार गर्न दिएका सुझावहरू सँगालो प्रकाशन गरिएको बताए । रायले २०८२ वैशाख ३१ गते राष्ट्रपति समक्ष आफूले ६२ औँ प्रतिवेदन बुझाएको जानकारी दिए । सो अनुसार उक्त वर्ष ५ हजार ७ सय ५९ निकायको रु. ९४ खर्ब ६२ अर्ब ३६ करोडको लेखा परीक्षण गरिएकोमा रु. ९१ अर्ब ५९ करोड ८९ लाख बेरुजु कायम भएको छ ।
वित्तीय लेखा परीक्षणका अतिरिक्त ११ विषयको कार्यमूलक, १ विषयको वातावरणीय, एक विषयको सूचना प्रविधि र २ विषयको विशेष लेखा परीक्षण गरिएको महालेखा परीक्षक रायले बताए ।
प्रतिवेदन अवधिमा रु २८ अर्ब २९ करोड ४० लाख सम्परीक्षण भएको छ । सोमध्ये लेखा परीक्षण तथा सम्परीक्षणमार्फत १४ अर्ब ४८ करोड असुल भएको उनले जानकारी दिए । हालसम्म ३८ अर्ब ३१ करोड सम्परीक्षण भएको रायले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण