नेकपाद्वारा चितवनमा धान रोपाइँ
आइतबार, १५ असार २०८२, १६ : ४७
चितवन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चितवनमा धान रोपाइँ सुरु गरेको छ । देशव्यापी धान रोपाइँ गर्ने अभियान अन्तर्गत नेकपाले चितवनको ज्योतिनगरमा २ बिगाहा जमिनमा आइतबारदेखि धान रोपाइँ सुरु गरेको हो ।
पार्टी प्रवक्ता प्रकाण्डको उपस्थितिमा नेकपाले भरतपुर–२६ ज्योतिनगरमा धान रोपेर सुरु गरेको हो । रोपाइँको उद्घाटन गर्दै श्रम, उत्पादन र आत्मनिर्भरताको दिशामा अग्रसर हुन जरुरी रहेको प्रवक्ता प्रकाण्डले बताए ।
पार्टीलाई आत्मनिर्भर बनाएर देश निर्माणको अभियानको नेतृत्वमा अग्रसर हुन उत्पादन कार्यमा जोडिएको उनले बताए । पार्टी नेतृत्वदेखि कार्यकर्तालाई श्रम र उत्पादनमा जोड्ने नीति अनुसार उत्पादन अभियान जारी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
-
भोजनबाट अन्डा हटेपछि भारतमा पोषणसम्बन्धी बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण