नेपाली महिला टोलीको कप्तानमा सावित्रा*
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एएफसी एसियन कप छनोट अन्तर्गत आइतबार साँझ ६ः१५ बजे लाओसको सामना गर्दै छ ।
नेपाली टोली मैदान प्रवेश गर्दा सावित्रा भण्डारी (साम्बा) कप्तानको जिम्मेवारी फर्किएकी छन् । यसअघि नेपाली टोलीको कप्तानी सन् २०१९ देखि हालसम्म एन्जिला तुम्बाप्पो सुब्बाले सम्हाल्दै आएकी थिइन् ।
आजको खेल नेपाली राष्ट्रिय महिला फुटबल टोलीका लागि ऐतिहासिक एक १०० औँ खेल हो । आजको खेलमा कप्तानको ‘आर्म ब्यान्ड’ सावित्राले पाएकी हुन् । यसअघि नेपाली टोली पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्न जाँदा कप्तान विनै उज्वेकिस्तानमा पुगेको थियो । खेलको केही समयअघि मात्रै प्रशिक्षक प्याट्रिक डी वाइल्डले उनलाई जिम्मेवारी दिएका हुन् ।
नेपाली टोलीकी नियमित कप्तान एन्जिला तुम्बाप्पो सुब्बा अहिले जिम्मेवारीबाट टाढा छिन् । उनलाई नयाँ प्रशिक्षक वाइल्डले कप्तानीको जिम्मेवारी नदिएको बुझिएको छ ।
एन्जिलाले २०७९ भदौमा घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपबाट नेपालको कप्तानी जिम्मेवारी पाएकी थिइन् । नियमित कप्तान रेनुका चोटका कारण टोलीबाट बाहिरिएपछि प्रशिक्षक कुमार थापाले त्यतिबेला एन्जिलालाई कप्तानको जिम्मेवारीमा राखेका थिए ।
नेपाली फुटबलको इतिहास हेर्दा सिनियर खेलाडीलाई कप्तानको जिम्मेवारी दिने चलन रहेको छ ।
- कप्तानको इतिहास
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पहिलो कप्तान रमा सिंह हुन् । नेपाली महिला फुटबल टोली तयार पर्दा सन् १९८६ मा उनले कप्तानी सम्हालेकी थिइन् । पत्रकार समेत रहेकी सिंह एक वर्ष मात्र कप्तानको जिम्मेवारीमा रहिन् ।
उनी सन् १९८७ सम्म नेपाली टोलीको कप्तान बनिन् । त्यसपछि नेपालले सन् १९९० मा नयाँ कप्तान पायो । नेपाली टोलीको बागडोर सम्हाल्न कमला हिराचन आइपुगिन । हिराचनले ९ वर्ष सम्म नेपालको कप्तानको जिम्मेवारी सम्हाल्ने मौका पाइन् ।
त्यसपछि सन् १९९९ मा मिरा चौधरी नेपालको कप्तान बनिन् । उनी पछि भने नेपालको कप्तानीमा जमुना गुरुको प्रवेश भयो । जमुना सन् २०१० देखि २०१२ सम्म नेपाली टोलीको कप्तान रहिन् ।
त्यसपछि नेपाली टोलीको बागडोर सम्हाल्न सन् २०१३ मा चन्द्रा भण्डारी आइन् । नेपालले सन् २०१६ देखि २०१६ सम्म एक वर्ष अनु लामाको कप्तानीमा खेल्यो । त्यसपनि सन् २०१७ मा सजना राना मगरले नेपाली टोलीको कप्तानी जिम्मेवारी सम्हालिन् ।
सन् २०१७ मा रेनुका २०१८ मा निरु थापा नेपाली टोलीको कप्तानको जिम्मेवारीमा रहिन् । नेपालले सन् २०१९ देखि हालसम्म एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा खेलिरहेको थियो । अहिले भने सावित्रालाई कप्तानीकाे जिम्मेवारी दिइएकाे हाे ।
यसअघि समाचारमा अन्यथा भएकाेमा सच्याइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण