देशभरि मनाइयो धान दिवस
सारांश
- आज राष्ट्रिय धान दिवस देशभर भव्य रूपमा मनाइयो, जसमा राष्ट्रपति र कृषिमन्त्रीको सहभागिता थियो।
- असार १५ गतेसम्म देशभर २० प्रतिशत रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको तुलनामा केही कम हो।
- सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ४९ प्रतिशत रोपाइँ भएको छ भने मधेस प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको छ।
काठमाडौँ । आज राष्ट्रिय धान दिवस देशभरी भव्य रूपमा मनाइएको छ । राष्ट्रपतिदेखि कृषिमन्त्री रोपाइँमा सहभागी भए । नेपाल सरकारले राष्ट्रिय कृषि अनुसन्धान केन्द्रको परिसरमा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मनाएको थियो । रोपाइँ महोत्सवमा कृषि तथा पशुपालन विकास मन्त्री रामनाथ अधिकारीले धान रोपेका थिए ।
१५ असारसम्म देशभरी २० प्रतिशत रोपाइँ सकिएको छ । कृषि विभागका साँझ ६ बजेसम्मको तथ्याङ्क अनुसार देशभरी १३ लाख ९१ हजार ३२१ धान रोपाइँ हुने क्षेत्रमध्ये २ लाख ८१ हजार ८०४ हेक्टरमा रोपाइँ भएको हो । जुन कुल रोपाइँ हुने क्षेत्रको २०.३ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ । गत वर्ष १६ असारसम्ममा २१.३ प्रतिशत रोपाइँ भएको थियो ।
कुन प्रदेशमा कति रोपाइँ ?
देशभरी सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ४९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा रहेको कुल धान रोपाइँ हुने क्षेत्रफल १ लाख ७६ हजार १५१ हेक्टर मध्ये ८६ हजार ६०१ हेक्टरमा रोपाइँ भएको हो ।
यस्तै कर्णालीमा रोपाइँ हुने क्षेत्र ४० हजार ८८४ हेक्टर मध्ये १६ हजार २ हेक्टरमा रोपाई भएको छ । यस्तै लुम्बिनी प्रदेशमा ७३ हजार ७२१ हेक्टरमा रोपाइँ भएको छ । लुम्बिनीमा ३ लाख २ हजार ८८९ हेक्टरको २४.३ प्रतिशत रोपाइँ भएको हो ।
कृषि विभागका अनुसार गण्डकी प्रदेशमा २८.२ प्रतिशत अर्थात ९४ हजार १८२ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये २६ हजार ५६२ हेक्टरमा रोपाइँ भएको हो । बागमती प्रदेशमा २०.५ प्रतिशत रोपाइँ भएको छ ।
बागमतीमा कुल रोपाइँ १ लाख २० हजार ५४५ हेक्टर मध्ये २४ हजार ७४३ हेक्टरमा रोपाइँ भएको हो । यस्तै सबैभन्दा कम मधेस प्रदेशमा ३.९ प्रतिशत मात्रै रोपाइँ भएको छ । ३ लाख ८० हजार २८३ हेक्टर धान रोपाइँ हुने क्षेत्र मध्ये १४ हजार ७८५ हेक्टर मात्रै रोपाइँ भएको हो । कोशी प्रदेशमा २ लाख ७६ हजार ३८७ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल मध्ये ३९ हजार ३९० अर्थात १४.३ प्रतिशत मात्रै रोपाइँ भएको छ ।
गत वर्ष १६ असारसम्म कोशीमा १३.७, मधेसमा ८.२, बाग्मती १९.६, गण्डकीमा २१.९, लुम्बिनीमा २२.८, कर्णालीमा ४७.५ र सुदूरपश्चिम प्रदेशमा ५४.२ प्रतिशत रोपाइँ भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण