सङ्खुवा खोलामा बेलिब्रिज जडान
सारांश
- सङ्खुवासभाको सिलिचोङ र भोजपुरको बुम्लिंगटार जोड्ने सङ्खुवा खोलामा बेलिब्रिज जडान गरिएको छ।
- बेलिब्रिज निर्माणमा करिब चार करोड ३९ लाख खर्च भएको छ, जसको लम्बाइ ३९ मिटर छ।
- पुल बनेपछि मांतेवा, याफू र ताम्कुका बासिन्दालाई खाँदबारी आवतजावत गर्न सहज भएको छ।
सङ्खुवासभा। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ बुम्लिंगटार जोड्ने सङ्खुवा खोलामाथि बेलिब्रिज जडान गरिएको छ ।
सिलिचोङ गाउँपालिकाले राष्ट्रिय गौरवको आयोजना घोषणा गरी आफ्नै बजेटबाट निर्माण सम्पन्न गरेको सो पुलको गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले उद्घाटन गरे । करिब रु चार करोड ३९ लाखको लागतमा ३९ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो।
यसअगाडि स्थानीयवासी काठ र बाँसको फड्के प्रयोग गरी जोखिम मोलेर खोला तर्दै आएका थिए । अहिले पुल बनेसँगै सुरक्षित र भरपर्दो आवागमनको सुविधा पुगेको अध्यक्ष मेवाहाङले बताए । पुलसँगै सडकको दायाँबायाँ ग्याविन तारजाली भर्ने र ढुङ्गा ओछ्याउने कामसमेत सम्पन्न भइसकेको छ ।
पुल निर्माणपछि मांतेवा, याफू र ताम्कु गाउँका करिब तीन हजारभन्दा बढी बासिन्दालाई खाँदबारी सदरमुकाम आवतजावत गर्न सहज भएको छ । छिमेकी बुम्लिंगटार क्षेत्रका स्थानीयवासीलाई सङ्खुवासभातर्फको यात्रा थप सहज र सुरक्षित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण