धान दिवसमा पूर्वमन्त्री किरातीको चिन्ताः ‘असल कृषक, खराब कृषि नीति हुँदा दुख भयो’
सारांश
- पूर्वमन्त्री सुदन किरातीले कृषि नीति अभावका कारण खाद्य सुरक्षामा समस्या भएको चिन्ता व्यक्त गरे।
- राष्ट्रिय धान दिवसको अवसरमा भोजपुरमा आयोजित धान रोपाइँ कार्यक्रममा उनले यस्तो धारणा राखे।
- उनले किसानलाई सम्मान गर्दै कृषि नीति परिमार्जन गर्नुपर्नेमा जोड दिए।
काठमाडौँ। पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले असल कृषक भएको देशमा खरबा कृषि नीति हुँदा खाद्य सुरक्षामा समस्या उत्पन्न भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
आइतबार असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा भोजपुर जिल्ला, पौवादुम्मा गाउँपालिका–२ खेसाङमा आयोजित धान रोपाइँ कार्यक्रममा सहभागी हुँदै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले भने, “कृषिमा क्रान्तिकारी परिवर्तन गर्छु भन्ने दलहरूले पटक–पटक सत्ताको नेतृत्व गरे पनि आवश्यक नीतिगत सुधार हुन नसक्दा किसानहरू आज राजनीतिप्रति नै निराश भएका छन्।”
हरेक वर्ष धान दिवसका दिन किसानसँगै खेतमा धान रोप्दै आइरहेका किरातीले यसपटक पनि परम्परागत नौमती बाजागाजासहित बेठी लगाएर भव्य रूपमा धान दिवस मनाएका थिए।
कार्यक्रमका क्रममा जेष्ठताको आधारमा पाँच जना महिला तथा पाँच जना पुरुष अग्रज किसानलाई एक–एक सरो कपडा प्रदान गरी सम्मान गरिएको थियो। साथै कृषि सामग्री पुरस्कार सहित चिट्ठा कार्यक्रम पनि सञ्चालन गरिएको थियो, जसले कार्यक्रममा उत्साह र रमाइलोपन थपेको सहभागी किसानहरूले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण