महिलाहरूको अश्लील सामग्री बनाउँदै बेच्ने कार्यमा संलग्न युवक पक्राउ
काठमाडौँ । महिलाहरुको अश्लील सामग्री बनाएर बिक्री वितरण गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार जिल्लाको सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–६ घर भई हाल काठमाडौँ टोखा नगरपालिका ग्राण्डी बस्ने २९ वर्षीय रमेश थापा पक्राउ परेका हुन्।
प्रहरीका अनुसार असार १३ गते साँझ ५ बजे प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले थापालाई पक्राउ गरेको हो।
थापाले नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला र पुरुषहरूलाई रकम लिएर भिडियो कलमार्फत अश्लील क्रियाकलापमा सहभागी गराउने र त्यसपछि महिलाहरूका अश्लील फोटो तथा भिडियो बनाएर बिक्री वितरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२१ अनुसार अश्लील किताब, पर्चा आदि बनाउन वा बिक्री गर्न नहुने कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण