कांग्रेस केन्द्रीय समिति बैठक स्थलमा महिला संघ र नेविसंघको प्रदर्शन
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा भ्रातृ संस्थाहरूले महाधिवेशनको माग गर्दै आन्दोलन गरेका छन्।
- नेपाल तरुण दलका नेताहरूले वर्तमान समितिलाई खारेज गरी नयाँ कार्यसमिति बनाउन माग गर्दै आमरण अनसन सुरु गरेका छन्।
- नेविसंघ र महिला संघका कार्यकर्ताहरूले तदर्थ समितिका अध्यक्षहरूको एकलौटीको विरोध गर्दै नाराबाजी गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय कार्यालयमा भ्रातृ संस्थाहरूले आन्दोलन गरिरहेका छन् । भ्रातृसंस्थाहरू नेपाल विद्यार्थी संघ र नेपाल महिला संघका कार्यकर्ताले महाधिवेशन माग्दै नाराबाजी गरिरहेका छन् भने तरुण दलका केन्द्रीय सदस्यहरू वर्तमान विद्वान गुरुङ नेतृत्वको समिति खारेज गरी नयाँ कार्यसमिति बनाउन माग गर्दै आमरण अनसनमा छन् ।

तरुण दलका केन्द्रीय सदस्यद्वय रोजन राई र अम्बिका बास्कोटा आइतबारबाट कांग्रेस केन्द्रीय कार्यालयमा वर्तमान केन्द्रीय समिति भंग गरेर नयाँ कार्यसमिति बनाउन माग गर्दै आमरण अनशनमा बसेका छन् । नेविसंघ र महिला संघका कार्यकर्ताहरू तदर्थ समितिका अध्यक्षहरूले एकलौटी पेलेर अगाडि बढेको भन्दै नाराबाजी गरिरहेका छन् । नेविसंघमा दुजाङ शेर्पा र महिला संघमा उशा राउत अध्यक्ष छन् ।

शेर्पा र राउतले महाधिवेशनको प्रक्रिया सुरु गर्न नै सकेका छैनन् । दुवै संस्थापन पक्षका हुन । आन्दोलन गर्ने नेता डा. शेखर कोइराला पक्षीय कार्यकर्ता हुन् । महिला संघका दुई दर्जन केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन् । नेविसंघमा समानान्तर केन्द्रीय प्रतिनिधि खटाएपछि विवाद उत्कर्षमा छ ।

नेविसंघका आन्दोलन गरिरहेका कार्यकर्ताहरूले कालो कपडाले शरीर र मुख छोपेका छन् । उनीहरूले मातृ पार्टीले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने वर्तमान नेतृत्वलाई पदमुक्त गरी विधानबमोजिम नयाँ कार्यसमिति गठन गर्न माग गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण