प्रहरी विधेयक
सांसद दाहालले भने, ‘प्रहरीलाई स्वचालित बनाउनुपर्छ’
सोमबार, १६ असार २०८२, १९ : ०६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद राजन दाहालले प्रहरीलाई स्वचालित बनाउने गरी ऐन जारी गर्नुपर्ने बताएका छन् ।
सोमबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी विधेयकबारे छलफलमा भाग लिँदै दाहालले भने, ‘सरकारको गैर कानुनी र स्वेच्छाचारी आदेश नियन्त्रण गर्ने गरी विधेयक अघि बढाउनुपर्छ, प्रहरीलाई स्वचालित बनाउनुपर्छ ।’
प्रस्तावित प्रहरी विधेयक र सशस्त्रको विधेयकमा दुवै सङ्गठनलाई समान भूमिका दिन खोजिएको उल्लेख गर्दै दाहालले भने, ‘दुई वटै सङ्गठनको प्रस्ट क्षेत्राधिकार तोकिनुपर्छ ।’
राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी विधेयकमाथि मात्रै दफावार छलफल थालिएकोमा दाहालले दुवै सङ्गठनको विधेयक सँगसँगै टुङ्ग्याउनुपर्ने बताए ।
उनले भने, ‘दुई सङ्गठनको बिचमा देखिएको दोहरोपन हटाएर विधेयक अघि बढाउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण