इजरायली सेनाविरुद्ध नारा लगाउँदा अमेरिकाद्वारा बेलायती ‘ब्यान्ड’ को भिसा रद्द
मङ्गलबार, १७ असार २०८२, ०० : ४४
सारांश
- अमेरिकी सरकारले बेलायती ब्यान्ड बब भायलनका सदस्यहरूको भिसा रद्द गरेको छ।
- ब्यान्डले ग्लास्टनबरी संगीत महोत्सवमा इजरायली सेना विरुद्ध नारा लगाएको आरोप लागेको छ।
- भिसा रद्द हुनुको कारण हिंसा र घृणालाई प्रोत्साहन दिने विदेशीहरूलाई अमेरिकामा स्वागत नगर्ने नीति हो।
काठमाडौँ । अमेरिकी सरकारले बेलायती ‘ब्यान्ड’ (संगीत समूह) ‘बब भायलन’ का सदस्यहरूको भिसा रद्द गरेको छ। उनीहरूले बेलायतको ग्लास्टनबरी संगीत महोत्सवमा इजरायली सेनाविरुद्ध ‘डेथ टु आईडीएफ’ (इजरायली रक्षा बललाई मृत्यु) भन्ने नारा लगाउँदै भीडलाई उक्साएको आरोपमा यस्तो कदम चालिएको हो।
अमेरिकी उप–विदेशमन्त्री क्रिस्टोफर लान्डाउले एक पोस्टमार्फत भने, “हिंसा र घृणालाई प्रोत्साहन दिने विदेशीहरू हाम्रो देशमा स्वागतयोग्य छैनन्। त्यसैले बब भायलनको अमेरिकी भिसा रद्द गरिएको हो।”
बब भायलनले अक्टोबरदेखि अमेरिका भ्रमणको तयारी गरेको थियो। तर अब त्यो कार्यक्रम रद्द हुन सक्ने देखिएको सीएनएनले जनाएको छ।
समूहका गायक बबी भायलनले महोत्सवमा “फ्री, फ्री प्यालेस्टाइन” भन्दै सुरुआत गरेका थिए, त्यसपछि इजरायली सेनाविरुद्ध आक्रोशपूर्ण नारा लगाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण