एक महिनामा २६ सय बढी फरार प्रतिवादी पक्राउ
सारांश
- नेपाल प्रहरीले आर्थिक वर्ष २०८१/८२ को जेठमा देशभरबाट २,६३८ फरार प्रतिवादी पक्राउ गर्यो।
- पक्राउ परेका प्रतिवादीहरू अदालतबाट फैसला भई फरार थिए, र उनीहरूलाई फैसला कार्यान्वयन गराइएको छ।
- पक्राउ परेका व्यक्तिहरूबाट २० करोड ६२ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरिनेछ।
काठमाडौँ। नेपाल प्रहरीले आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा देशभरबाट फरार रहेका २ हजार ६ सय ३८ जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार यी प्रतिवादीहरू अदालतबाट फैसला भइसकेका तर फरार रहेका थिए। उनीहरूलाई समातेर अदालतको फैसला कार्यान्वयन गराइएको हो।
प्रहरी मुख्यालयले सार्वजनिक गरेको विवरण अनुसार, पक्राउ पर्नेमा कोशी प्रदेशबाट २ सय ४१ जना, मधेसबाट ६ सय ९४, गण्डकीबाट १ सय ३३ जना रहेका छन् भने कर्णाली प्रदेशबाट ५९ जना रहेका छन् । त्यस्तै, सुदूरपश्चिम प्रदेशबाट ७९ जना, बागमती प्रदेशबाट २ सय ९२ जना र लुम्बिनी प्रदेशबाट ४ सय जना रहेका छन् ।
त्यसैगरी, केन्द्रीय अनुसन्धान ब्यूरोले ११ जना प्रतिवादी पक्राउ गरेको छ भने काठमाडौँ उपत्यकाबाट सबैभन्दा धेरै ७ सय २९ जना पक्राउ परेका हुन् ।
पक्राउ परेका व्यक्तिहरूमाथि अदालतले २० करोड ६२ लाख ५९ हजार ३ सय ७२ रुपैयाँ बराबरको जरिवाना, क्षतिपूर्ति वा अन्य आर्थिक दायित्व तोकेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण