आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
मङ्गलबार, १७ असार २०८२, ०७ : २१
सारांश
- आज संघीय संसद अन्तर्गत दुई संसदीय समितिको बैठक बस्दै छ।
- बिहान ९ बजे विधायन व्यवस्थापन समितिले भन्सार विधेयक, २०८० को मस्यौदामा छलफल गर्नेछ।
- राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरी सम्बन्धी कानुन संशोधनबारे छलफल गर्नेछ।
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
बिहान ९ बजे सुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।
बिहान १० बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण