कर्मचारीलाई देखाएर सांसदहरू उम्कन मिल्दैन : सुमना श्रेष्ठ
सारांश
- सांसद सुमना श्रेष्ठले निजामती विधेयकको कुलिंग पिरियडमा कर्मचारीलाई दोष दिन नमिल्ने बताइन्।
- उनले गल्ती कहाँ भयो खोज्नुपर्ने र निजी क्षेत्रमा पनि यो व्यवस्था हुनुपर्ने कुरा गरिन्।
- श्रेष्ठले हेलचेक्र्याइँ र मिडियाको भरमा बोल्ने संस्कारप्रति प्रश्न उठाइन्, र गल्ती स्वीकार गर्नुपर्ने बताइन्।
काठमाडौँ । रास्वपाका सांसद सुमना श्रेष्ठले निजामती विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ को विषयमा आएको विवादमा कर्मचारीलाई दोषी देखाएर सांसदहरू उम्कन नमिल्ने बताएकी हुन् ।
सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेकी श्रेष्ठले कुनैपनि विधेयक समिति, उपसमिति हुँदै संसदको फुल हाउसमा जाने प्रक्रिया रहेकाले गल्ती कमजोरी कहाँबाट भएको हो त्यो पहिला खोज्नुपर्ने बताइन् । उनले कुलिङ अफ पिरियड निजामतीमा मात्र नभएर निजी क्षेत्रलाई समेत लाग्नुपर्ने भन्दै त्यहाँ राखिएको व्यवस्था नै गलत भएको बताइन् ।
‘बाहेक भन्ने शब्द कहाँबाट आयो मलाई थाहा छैन भनेर पलपुर भएको छ । त्यो शब्द मूल विधेयकमा छ ।जब मूल विधेयकबाट यो बाहेक भन्ने शब्द हटाइन्न, त्यतिबेलासम्म त त्यो कायम रहन्छ’, श्रेष्ठले भनिन्, ‘त्यसैले कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरू उम्कन मिल्दैन ।’
श्रेष्ठले हेलचेक्र्याइँ हो वा मिडियामा आएको भरमा बोल्ने संस्कारप्रति प्रश्न उठेको बताइन् । उनले गल्ती सुधार गर्न स्वीकार गर्नुपर्ने पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण