मेकअप कहिले बन्छ छालाको शत्रु ?
सारांश
- मेकअपले आत्मविश्वास बढाउँछ, तर लामो समयसम्म लगाउँदा छालालाई हानि पुर्याउन सक्छ।
- दिनमा ८ देखि १० घण्टाभन्दा बढी मेकअप लगाउनु हुँदैन, र सुत्नुअघि अनुहार सफा गर्नुपर्छ।
- मेकअप गर्दा राम्रो उत्पादन प्रयोग गर्ने र छालालाई आराम दिन हप्तामा एक दिन मेकअप नलगाउने सल्लाह दिइएको छ।
काठमाडौँ । आजको समयमा, मेकअप केवल सुन्दर देखिने माध्यम मात्र होइन, आत्म–विश्वासको एक हिस्सा पनि हो । कार्यालयमा होस् वा कुनै पनि समारोह, मेकअपले हाम्रो व्यक्तित्व निखार्न काम गर्छ ।
दिनमा कति घण्टासम्म अनुहारमा मेकअप लगाउनु सुरक्षित छ भन्ने कुरा चाँहि धेरैलाई थाहा हुन्न । लामो समयसम्म अनुहारमा मेकअप राखियो भने यसले छालालाई हानि पुर्याउन सक्छ ।
त्यसो भए के गर्ने ?
राम्रो प्रडक्टहरू प्रयोग गरेर मेकअप गरिएको छ भने, यसलाई केही हदसम्म सुरक्षित मान्न सकिन्छ । तर मेकअपको गुणस्तर मात्रै सबै कुरा होइन, अनुहारमा कति समयसम्म राख्ने भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण छ ।
लामो समयसम्म मेकअप लगाइरहँदा छालामा रहेका छिद्रहरू टालिन्छन् र फलतः छालामा डन्डीफोर आउने, पोल्ने, छाला फुस्रो देखिनेजस्ता समस्याहरू देखिन सक्छन् ।
कति घण्टासम्म लगाउनु हुन्छ मेकअप ?
दिनमा ८ देखि १० घण्टाभन्दा बढी मेकअप गर्नु हुँदैन । धेरै समयसम्म मेकअप अनुहारमा रहँदा यो पसिना, तेल र धुलोसँग मिसिन्छ र छालका छिद्रहरूलाई बन्द गरिदिन्छ । त्यसैले, ८ घण्टा पूरा हुने बित्तिकै अनुहारको मेकअप हटाउनु सही मानिन्छ ।
सुत्नु अघि कहिल्यै नगर्नुहोस् यी गल्ती
सुत्नुअघि अनुहार सफा नगरी सुत्नै हुन्न । राती हामी निदाएको समयमा छालाले आफ्नो रिपेयर आफैँ गर्छ । तर अनुहारमा मेकअप छ भने, छालाका प्वाल टालिन्छन् । यसको प्रभाव ब्रेकआउट, जलन र समय अगावै चाउरीपनको रूपमा देखिन्छ ।
ध्यान राख्नु पर्ने कुराहरू
–दिनको ८ देखि १० घण्टाभन्दा बढी मेकअप नगर्नुहोस् ।
– मेकअप गर्नुअघि अनुहार सफा गर्नुहोस् र मोइस्चराइजर र प्राइमर लगाउनुहोस् ।
–बाहिरबाट आएपछि, हल्का क्लिन्जरले अनुहार धुनुहोस् ।
– राति सुत्नुअघि मेकअप रिमुभरले अनुहार राम्ररी सफा गर्नुहोस् ।
– हप्तामा एक दिन मेकअप बिना नै आफ्नो छालालाई आराम दिनुहोस् ।
अस्वीकरणः यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण