महामन्त्री दाबी गर्दै मुकुल ढकालद्वारा दायर रिट हेर्न नभ्याइनेमा
सारांश
- मुकुल ढकालले रास्वपाको महामन्त्री पद दाबी गर्दै दायर गरेको रिट हेर्न सर्वोच्च अदालतले समय दिएन।
- अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो, तर सुनुवाइ हुन सकेन।
- ढकालले आफू महामन्त्री भएको दाबी गर्दै काम गर्न पाउनुपर्ने माग गरेका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री दाबी गर्दै अन्तरिम आदेशका लागि मुकुल ढकालले दायर गरेको रिट हेर्न नभ्याइने भएको छ ।
उक्त रिटमाथि सर्वोच्च अदालतले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको इजलासको १८ औँ नम्बरमा आज तोकिएकोमा हेर्न नमिल्ने भएको हो ।
यसअघि गत असार १२ गते उक्त रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।
ढकालले आफू नै महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउँभन्दै रिट निवेदनमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् ।
रास्वपाले ढकाललाई २०८१ भदौ ११ गते साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेको थियो । त्यसपूर्व २०८१ असार २० गते पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै पार्टीले ढकाललाई महामन्त्री पदबाट निलम्बन गरेको थियो ।
ढकालले गत असार ४ गते रास्वपाको केन्द्रीय समिति र सदस्यहरूको अद्यावधिक विवरण माग गरेपछि निर्वाचन आयोगले ढकाल नै महामन्त्री रहेको र अद्यावधिक नभएको विवरण दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण