मंगलबार पनि कांग्रेस पार्टी कार्यालय बाहिर नेविसङ्घको प्रदर्शन
काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले मंगलबार पनि पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेको छ । आज पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक चलिरहँदा बाहिर नेविसङ्घका नेता कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका हुन् ।
आन्दोलन गर्ने कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइराला पक्षधर विद्यार्थीहरू हुन् । उनीहरूले वर्तमान तदर्थ समितिले महाधिवेशन गराउन नसक्ने भन्दै भङ्ग गरेर नयाँ समिति बनाउन माग गर्दै आन्दोलन गरिरहेका हुन् ।
नेविसङ्घका नेता भुवन भट्टले आन्तरिक लोकतन्त्रको अभ्यास गराउन माग गर्दै प्रदर्शन गरिएको बताए । ‘आन्तरिक लोकतन्त्रको अभ्यासलाई व्यवहारमा लागु गराउन पार्टीको ध्यानाकर्षण गराउन र म्याद मात्र थप्ने, अधिवेशन उन्मुख गराउन जिम्मेवार नहुने प्रवृत्तिविरूद्ध हामीले प्रदर्शन गरिरहेका छौँ,’ भट्टले भने ।
शेखर समूहले नेविसङ्घभित्र वैधानिकताको प्रश्न उठाउँदै समानान्तर गतिविधि गर्दै आइरहेको छ । नेविसङ्घका नेता कार्यकर्ताले सोमबार पनि प्रदर्शन गरेका थिए ।
नेविसंघको दुजाङ शेर्पा नेतृत्वको तदर्थ समितिको म्याद २०८१ चैत्र मसान्तमा सकिएको भएपनि हालसम्म अधिवेशन हुने सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण