पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले हाल आफूहरू नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बुधबार सिंहदरबारमा भएको बैठकमा बोल्दै मन्त्री पाण्डेले अहिले नीतिगत सुधारमा केन्द्रित भएको बताएका हुन् ।
उनले भने,“हाल हामी नीतिगत र कानुनी कामहरू गरिरहेका छौँ । नागरिक उड्डयन, संस्कृति, पर्यटनलगायतका कानुनी सुधारका कुरामा केन्द्रित छौँ । अहिले ९ वटा आवश्यक ऐनहरू हामी अघि बढाइरहेका छौँ । संरचनामा काम गर्ने कुरामा हामी लागिरहेका छौँ ।“
मन्त्री पाण्डेले पर्यटन बोर्ड थिंक ट्याङ्क पनि भएको उल्लेख गर्दै अगाडि भने,“पर्यटन प्रवर्द्धनको खाका बनाउने र कार्य योजना बनाउने चरणको अन्तिमतिर छौँ । बजेट अभाव छ । निजी क्षेत्रलाई कसरी अघि बढ्न सकिन्छ भन्ने कुरामा हामी केन्द्रित छौँ ।“
मन्त्री पाण्डेले हवाई सेवालाई सुरक्षित, सुलभ र भरपर्दो बनाउनका लागि मन्त्रालयले निरन्तर पहल गरिरहेकोसमेत बताए । मन्त्री पाण्डेले मुलुकको आन्तरिक उडानलाई प्रभावकारी बनाउन प्रदेशस्तरमा ट्विनेटर विमान सञ्चालनका लागि पनि प्रदेशसँग समन्वय भइरहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण