शिक्षा क्षेत्रको बजेट विनियोजन सङ्घीय संरचना अनुकूल : मन्त्री पन्त
सारांश
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा क्षेत्रको बजेट संघीय संरचना अनुसार रहेको बताए।
- मन्त्री पन्तले स्थानीय तहले प्राथमिकताका आधारमा बजेट उपयोग गर्न सक्ने बताए।
- मन्त्रीले मन्त्रालयको बजेट विद्यालय संख्या, विद्यार्थी संख्या र नीति निर्देशनको आधारमा तय भएको बताए।
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा क्षेत्रको बजेट विनियोजन सङ्घीय संरचना अनुकूल रहेको स्पष्ट पारेका छन् । राष्ट्रिय सभाको बुधवारको बैठकमा शिक्षा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पन्तले शिक्षा क्षेत्रअन्तर्गतको अधिकांश बजेट स्थानीय तहमार्फत कार्यान्वयन हुने बताएका हुन् ।
उनले सङ्घीय सरकारले कुनै निश्चित विद्यालय तोकेर बजेट विनियोजन नगरेको स्पष्ट पार्दै स्थानीय तहले प्राथमिकताका आधारमा बजेट उपयोग गर्न सक्ने बताएका हुन् । उनले मन्त्रालयले स्रोतको उपक्षेत्रगत विनियोजन पनि प्राथमिकता र आवश्यकताको आधारमा गरेको जिकिर गरे ।
उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट विद्यालय सङ्ख्या, विद्यार्थी सङ्ख्या तथा नीति–निर्देशनको आधारमा तय गरिएको उल्लेख गर्दै कुनै पनि भौगोलिक क्षेत्रलाई बेवास्ता नगरिएको स्पष्ट पारे ।
मन्त्री पन्तले राज्यको स्रोत बढ्दै जाँदा शिक्षा क्षेत्रलाई नै प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण