पुस्तकमा नेपाल–चीन ‘सुमधुर सम्बन्धका ७० साल’
सारांश
- नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवको अवसरमा 'सुमधुर सम्बन्धका ७० साल' पुस्तक प्रकाशन हुँदैछ।
- पुस्तकले दुई देशबीचको गहिरो मित्रता, विगतका सम्बन्ध, योगदान र उपलब्धिलाई समेट्ने प्रयास गर्नेछ।
- नेपालले 'एक चीन नीति'को सम्मान गर्दै आएको छ र चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका अवसरमा नेपाल–चाइना मिडिया फोरमले ‘सुमधुर सम्बन्धका ७० साल’ पुस्तक प्रकाशन गर्न लागेको छ । दुई असल छिमेकी मुलुकका ऐतिहासिक सम्बन्ध तथा प्रेरणादायी सहकार्यको दस्तावेजीकरण गर्ने प्रयास स्वरूप फोरमले पुस्तक प्रकाशन गर्न लागेको हो ।
नेपाल र चीनबिच १ अगस्ट सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । आगामी साउन १७ गते कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुरा हुँदै छ । पुस्तक प्रकाशन गर्न लागिएकोमा सङ्घीय प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुभकामना व्यक्त गरेका छन् । यस पुस्तकमार्फत विगत सात दशकको नेपाल–चीन बिचको गहिरो मित्रता र विश्वासको सशक्त अभिव्यक्ति गरेको चर्चा गरेका छन् ।
‘पुस्तकमार्फत विगत सात दशकको नेपाल–चीन सम्बन्धको यात्रा, योगदान र उपलब्धिलाई समेट्ने प्रयास गरिनु सम्बन्धलाई अझ सुसङ्गठित, ज्ञानमा आधारित र भावी पुस्ताका लागि प्रेरक बनाउने खालको महत्त्वपूर्ण योगदान हो। उच्चस्तरीय राजनीतिक भ्रमणहरू, ऐतिहासिक सम्झौताहरू, पूर्वाधार विकास परियोजनाहरू, लगानी र व्यापार सहयोग, सीमा व्यवस्थापनदेखि जनस्तरको मैत्रीपूर्ण सम्बन्धसम्मका विविध पक्षहरूलाई समेट्दै यो पुस्तकले दुई देशबिचको गहिरो मित्रता र विश्वासको सशक्त अभिव्यक्ति गरेको छ’, घिमिरेको शुभकामना पत्रमा भनिएको छ ।
प्राचीन कालका बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले सुरु गरेको मित्रताको यात्राले आजको आधुनिक युगमा नयाँ उचाइ हासिल गरेको उनले स्मरण गरेका छन् । औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएपछि नेपाल र चीनबिच आपसी विश्वास, सहयोग र समझदारीको आधारमा राजनीतिक, आर्थिक, सामाजिक तथा विकास साझेदारी विस्तार हुँदै आएको घिमिरेले स्मरण गरेका छन् ।
साथै नेपालले सदैव ‘एक चीन नीति’ को सम्मान गर्दै आएको छ र चीन विरोधी गतिविधिका लागि आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याउँदै आएको उल्लेख गरेका छन् । नेपालका लागि चीनका राजदूत चेन सोङले ‘सुमधुर सम्बन्धका ७० साल’ पुस्तक प्रकाशन हुन लागेकोमा शुभकामना सन्देश दिएका छन् । यस पुस्तकले दुई देशको कूटनीतिक सम्बन्धमा प्रमुख कोसेढुङ्गाहरूको साक्षी मात्र नभई आर्थिक सहयोग, सांस्कृतिक आदानप्रदान, धार्मिक, शैक्षिक अन्तरक्रिया लगायतलाई जीवन्त रूपमा समेटेको उनले उल्लेख गरेका छन् ।
पुस्तक प्रकाशन गर्नुको औचित्यबारे प्रस्ट पार्दै फोरमका अध्यक्ष किशोर श्रेष्ठले नेपाल–चीन बिचको दौत्य सम्बन्धका मिठा क्षणहरूलाई समेट्ने प्रयास गरिएको लेखेका छन् ।
हिमालयले जोडिएका दुई मैत्रीपूर्ण छिमेकी चीन र नेपालले सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक सम्मान, समानता र जित–जित सहयोगका सिद्धान्तहरूलाई कायम राख्नुको साथै सीमा र समय पार गर्ने स्थायी मित्रताको उल्लेखनीय महाकाव्य रचना गरेको सन्देशमार्फत भनेका छन् । सोङले दुई देशबिचको राष्ट्रिय रणनीतिको तालमेल अन्तर्गत दायरा बढाउन तत्पर रहेको समेत उल्लेख गरेका छन् ।
‘हामी बेल्ट एण्ड रोड इनिसिएटिभ र नेपालको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय रणनीतिको तालमेल अन्तर्गत सहयोगको दायरा विस्तार गर्न तत्पर छौँ । हामी विश्वास गर्छौं कि यो मित्रता हिउँले ढाकिएको हिमालयको माथि सूर्यको प्रकाश जस्तै चम्किनेछ, फराकिलो, साझा भविष्यको लागि मार्ग उज्यालो पार्नेछ’, सन्देशमा सोङले भनेका छन् ।
पुस्तक प्रकाशन गर्नुको औचित्यबारे प्रस्ट पार्दै फोरमका अध्यक्ष किशोर श्रेष्ठले नेपाल–चीन बिचको दौत्य सम्बन्धका मिठा क्षणहरूलाई समेट्ने प्रयास गरिएको लेखेका छन् ।
‘जब–जब भूगोलको प्रसङ्ग आउँछ, त्यहाँ छिमेकी साइनोको कुरा जोडिन्छ र स्वतः खोजिन्छ–सहयोग, समन्वय, सद्भाव, सदाचार र सदाशयता । भनिन्छ नि साथी फेर्न सकिन्छ तर छिमेकी बदल्न सकिन्न । यस पुस्तकमार्फत हामी नेपाल–चीन सम्बन्धका विविध आयाम अनि ७० वर्षका मीठा क्षणलाई स्मरण गर्न गइरहेका छौँ’, पुस्तकबारे श्रेष्ठले भनेका छन् ।
नेपाली र चिनिया दुवै भाषामा प्रकाशित यस पुस्तकमा दुई देशबिच बहुआयमिक मितेरी सम्बन्धबारे चर्चा गरिएको छ । इतिहासमा भृकुटी, अंशु वर्मा, अरनिको, बुद्धभद्र, हु एनसाङले एक–अर्काको देशलाई आफ्ना जनतामाझ चिनाउन गरेका कठिनतम प्रयत्नले औपचारिक सम्बन्ध स्थापनामा अतुलनीय योगदानको कदर गर्दै नेपाल–चीनबिच विगतदेखि वर्तमानसम्म बहुआयमिक सम्बन्धलाई पुस्तकमार्फत लिपिबद्ध पारिएको छ ।
१२ वटा विषय सूची समावेश रहेको यस पुस्तकमा दुई देशबिचको सम्बन्धमा अध्यक्ष श्रेष्ठको अनुभूति, कूटनीतिक सम्बन्ध स्थापनाको ऐतिहासिक क्षण, नेपाल राष्ट्र बैंक स्थापनामा चीनको सहयोग, नेपाल–चीनबिच विगतदेखि वर्तमानसम्म, दुई देशबिच बहुआयमिक साइनो र सम्बन्ध, बदलिएको भाषा, सांस्कृतिक सम्बन्ध, शीतयुद्धकालीन सम्बन्धका शृङ्खला, नेपालमा राजतन्त्र ढलेपछिको सम्बन्धको निरन्तरता, नेपाल—चीन आधुनिक आर्थिक सम्बन्ध र सी जिनपिङ युग र दुई देशबिच सम्बन्धको प्रगाढताबारे गहिरोसँग चर्चा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण