त्रिविमा लगाएको ताला तत्काल खोल्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला तत्काल खोल्न अन्तरिम आदेश दिएको छ ।अधिवक्ता महेश भट्टराईले दायर गरेको रिटमा न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले तत्काल ताला खोल्न अन्तरिम आदेश दिएको हो ।
त्रिवि उपकुलपति कार्यालय, रेक्टर तथा रजिष्ट्रार कार्यालय, त्रिवि सेवा आयोगमा गत जेठ १४ तथा जेठ ३० गतेदेखि ताला लगाइएको छ । उक्त ताला खोल्नुपर्ने मागसहित दायर गरिएको रिटमा तत्काल खोल्न आदेश दिएको हो ।
गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी वृत्त कीर्तिपुरको नाममा तत्काल ताला खोल्न अन्तरिम आदेश जारी भएको त्रिविका कानुनी सल्लाहकार नारायण प्रसाद खनालले जानकारी दिए ।
त्रिवि आंशिक प्राध्यापक केन्द्रीय सङ्घर्ष समितिले गत जेठ ३० गतेदेखि तालाबन्दी गरेको थियो । त्यसअघि काठमाडौँ उपत्यकासहित विभिन्न कलेजका स्ववियु पदाधिकारीहरूले जेठ १४ गते तोडफोड तथा तालाबन्दी गरेका थिए ।
तालाबन्दीका कारण त्रिविको कामकाज ठप्प बनेको छ । त्रिविले तालाबन्दी खोल्ने विषयमा वार्ता गर्न प्राडा दिलीप पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । वार्ता समितिले आन्दोलनरत प्रोफेसरहरूसँग तीन पटक वार्ता गरेको छ । तर, वार्ताबाट कुनै निष्कर्ष निस्किन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण