सर्वोच्चको फैसलापछि शंकर पोखरेलले भने–संवैधानिक निकायको काममा अब तीव्रताको अपेक्षा गरौँ
सारांश
- एमाले महासचिव शंकर पोखरेलले संवैधानिक आयोगमा भएका नियुक्तिविरुद्धको मुद्दा टुंगिएपछि कामले गति लिने बताए।
- सर्वोच्च अदालतले साढे चार वर्षअघि भएका ५२ पदाधिकारीको नियुक्ति सदर गरेको छ।
- प्रधानन्यायाधीशको इजलासले रिट खारेज गर्दै नियुक्तिलाई सदर गरेको हो।
काठमाडौँ । एमाले महासचिव शंकर पोखरेलले संवैधानिक आयोगमा भएका नियुक्तिविरुद्ध परेको मुद्दाका कारण उत्पन्न अन्योल अन्त्य भएकाले अब ती निकायमा तीव्रताका साथ काम हुने अपेक्षा गरेका छन् ।
झन्डै साढे चार वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालमा दुई चरणमा भएका विभिन्न संवैधानिक निकायमा भएका ५२ पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतले बुधबार मध्यराति सदर गरेसँगै महासचिव पोखरेलले यस्तो अपेक्षा गरेका हुन् ।
महासचिव पोखरेलले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संवैधानिक आयोगमा भएको नियुक्ति उपर परेको मुद्दाका कारणले उत्पन्न अन्योल अन्त्य भएको छ । अब ती निकायको काममा तीव्रताको अपेक्षा गरौँ ।’
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको इजलासले बुधबार मध्यरातमा फैसला सुनाउँदै रिट खारेज गरेर नियुक्तलाई ठहर्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण