खाँदबारीमा नगर अस्पताल सञ्चालन
बिहीबार, १९ असार २०८२, ११ : ०३
सारांश
- सङ्खुवासभाको खाँदबारीमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएको छ।
- खाँदबारी नगरपालिकाले 'एक स्थानीय तह, एक अस्पताल' नीतिअनुसार स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेको हो।
- अस्पताल उद्घाटन कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री र स्थानीय विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सङ्खुवासभा । खाँदबारी नगरपालिका–३, मानेभञ्ज्याङमा १५ शय्याको खाँदबारी नगर अस्पताल सञ्चालनमा आएको छ । पांमा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी खाँदबारी नगरपालिकाले ‘एक स्थानीय तह, एक अस्पताल’ नीति कार्यान्वयन गरेको हो ।
नगर अस्पताल भवन रु तीन करोड ७३ लाख ५१ हजारको लागतमा सम्पन्न भएसँगै बुधबारदेखि अस्पतालले सेवा सञ्चालन गरेको हो ।
कोशी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र कार्की, नगरप्रमुख महेश थपलिया, प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेललगायत स्थानीय विशिष्ट व्यक्तिले अस्पतालको उद्घाटन गरेका हुन् ।
पूर्वस्वास्थ्यमन्त्री कार्कीले अस्पतालका लागि आवश्यक सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नगरप्रमुख महेश थपलियाले आगामी साउन महिनादेखि अस्पतालमा मेडिकल अधिकृतसहितका चिकित्सक राखी सेवा प्रवाह गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
-
आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीमा छैन : रवि लामिछाने
-
अद्वितीय बचाउ गर्ने गोलरक्षक रुम, जसको हिम्मतका कारण कुरासाओले इतिहास रच्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण