बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हजारौँ फिटमाथि उडिरहेको विमानको पखेटा एक्कासि खसेपछि......

बिहीबार, १९ असार २०८२, ११ : ५०
बिहीबार, १९ असार २०८२

सारांश

  • डेल्टा एयरलाइन्सको विमानको पखेटाको टुक्रा उत्तरी क्यारोलिनाको ड्राइभवेमा खस्यो, तर कुनै क्षति भएन।
  • विमानमा १०९ यात्रु सवार थिए र पाइलटले अवतरण पछि मात्र घटनाबारे थाहा पाए।
  • जर्जियामा आएको आँधीका कारण उडानमा ढिलाइ भएको थियो, तर विमान सुरक्षित अवतरण भयो।

वासिङ्टन डीसी । आकाशमा हजारौँ फिट माथि उडिरहेको विमानको पखेटाको एउटा टुक्रा भाँचिएर सडकमा खस्यो । भाग्यवश, बाटोमा हिडिरहेका कुनै पनि व्यक्ति वा सवारी साधनमाथि विमानबाट उछिट्टिएको सो टुक्रा परेन । 

न्यु योर्क पोस्टमा छापिएको समाचारका अनुसार, बुधबार बिहान आकाशमै रहँदा डेल्टा एयरलाइन्सको विमानको पखेटाको एक टुक्रा अमेरिकाको उत्तरी क्यारोलिनाको ड्राइभवेमा खस्यो । यति हुँदा पनि विमानको सुरक्षित रूपमा अवतरण भयो ।

रोचक कुरा त के भयो भने पाइलटले जमिनमा ओर्लिएपछि मात्रै यो घटनाबारे थाहा पाए । डेल्टा प्रवक्ताका अनुसार रैले–डरहम इन्टरनेशनल विमानस्थलका लागि उडान भरेको बोइङ ७३७ को पखेटा भाँचिएर खस्यो । 

जर्जियामा आएको आँधीका कारण उडानमा ढिलाइ भएको थियो । विमानको बायाँ पखेटाबाट फ्ल्याप स्पष्ट रूपमा अलग भएको थियो । यसले विमानको सुरक्षित अवतरणमा बाधा नपुर्याएको डेल्टाका प्रवक्ताले भनेका छन् । टुक्रा ड्राइभवेको बीचमा एउटा कारबाट केही गज टाढा खसेको अवस्थामा भेटिएको थियो । 

विमानमा १०९ यात्रुहरू सवार थिए । विमानबाट तल नओर्लिदासम्म पाइलट र क्रु मेम्बर कसैलाई पनि यो घटनाको सुँइको थिएन । विमान दिउँसो १ः१५ बजे सुरक्षित रूपमा अवतरण भयो । 

अवतरणपछि मात्रै विमानको बायाँ पखेटाको पछाडिको किनाराको फ्ल्याप आफ्नो ठाउँमा नभएको देखियो । नासाका अनुसार, विमानलाई सुस्त बनाउन र उचाइ कायम राख्न मद्दत गर्न टेकअफ र ल्यान्डिङको समयमा ट्रेलिङ एज फ्ल्यापको प्रयोग गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप