युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक पुरुष पक्राउ
बिहीबार, १९ असार २०८२, १२ : ०८
सारांश
- प्रभाष रिसाललाई युके पठाउने प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा पक्राउ गरिएको छ।
- उनले युके पठाउन भन्दै पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रुपैयाँ लिएका थिए।
- प्रहरीले उनलाई ललितपुरको एकान्तकुनाबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई बुधबार प्रहरीले सो अभियोगमा पक्राउ गरेको हो ।
प्रभाष युके पठाइदिन्छु भन्दै पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–४ एकान्तकुनाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण