रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु
बिहीबार, १९ असार २०८२, १३ : ०४
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शितलपुरमा बिहीबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
बिहान करिब ७ः१५ बजे स्थानीय ३० वर्षीय रोहित साह सोनार आफ्नै खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
घटनाबारे जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट सई गजेन्द्र कुमारको नेतृत्वमा तीन जनाको टोली खटिएको थियो।
घाइते रोहितलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल, कलैया बारा लगिएको थियो। तर, उपचारकै क्रममा बिहान ८ः०० बजे उनको मृत्यु भएको रौतहट जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।
मृतकको शव हाल प्रादेशिक अस्पताल, कलैयामै राखिएको छ । घटना स्थल इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट करिब ५ किलोमिटर दक्षिणमा पर्दछ। प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण