भारी वर्षाका कारण हिमाचल प्रदेशमा ३० जनाको मृत्यु, ३४ जना बेपत्ता
बिहीबार, १९ असार २०८२, १४ : ३५
सारांश
- भारतको हिमाचल प्रदेशमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु भएको छ।
- विपद् व्यवस्थापनका अनुसार ३४ जना बेपत्ता भएका छन् भने मन्डी जिल्लामा १० जनाको मृत्यु भएको छ।
- भारी वर्षाका कारण ब्यास नदीमा बाढी आएको छ र मौसम विभागले रेड अलर्ट जारी गरेको छ।
नयाँ दिल्ली । भारतको हिमाचल प्रदेशमा मुसलधारे वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको छ । त्यहाँको विपद् व्यवस्थापन तथा राजस्व विभागका विशेष सचिव डीसी राणाका अनुसार अहिलेसम्म ३४ जना बेपत्ता भएका छन् ।
‘१९ जुनमा हिमाचल प्रदेशमा मनसुन आइपुगेको थियो । त्यसपछि यहाँ निरन्तर वर्षा भइरहेको छ । बुधबार मन्डी जिल्लामा दस जनाको मृत्यु भयो’ डीसी राणाले भनेका छन् ।
२९ र ३० जुनमा सम्पूर्ण क्षेत्रमा भारी वर्षा भएको थियो र यसले निकै क्षति पुर्याएको पनि उनले बताए । धेरै ठाउँबाट बादल फाँटेको र विनाशको रिपोर्ट आएको पनि उनले बताए । हिमाचल प्रदेशको मन्डी क्षेत्रमा भारी वर्षाका कारण ब्यास नदीमा बाढी आएको छ । भारतीय मौसम विभागले राज्यमा रेड अलर्ट जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण