जोटाको निधन : ओभरटेक गर्दा दुर्घटनापछि कारमा आगलागी
सारांश
- लिभरपुलका फरवार्ड डिओगो जोटाको स्पेनमा कार दुर्घटनामा निधन भएको छ, जसमा उनको भाइको पनि मृत्यु भयो।
- दुर्घटना स्पेनको जामोरा प्रान्तमा भएको थियो, जहाँ जोटा र उनको भाइ सवार कार टायर पड्किएर दुर्घटनाग्रस्त भयो।
- जोटाले गत महिना पोर्चुगलसँग नेसन्स लिग जितेका थिए र उनी लिभरपुलका लागि खेल्न हङकङ जाने तयारीमा थिए।
काठमाडौँ । लिभरपुल फरवार्ड डिओगो जोटाको बुधबार मध्यरातमा स्पेनको जमोरामा भएको कार दुर्घटनामा निधन भएको छ । जोटासँगै कारमा सवार उनको भाइ आन्द्रेको पनि निधन भएको हो ।
स्पेनको सिभिल गार्डले जारी गरेको बयान अनुसार दुवै जना लाम्बोर्गिनी कारमा सवार थिए । अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा टायर पड्किएर सडकबाट खसेको थियो।
दुर्घटना स्थानीय समयअनुसार मध्यरातको करिब १२:३० मा जामोरा प्रान्तको सेर्नादिया नगरपालिका क्षेत्रमा भएको थियो। दुर्घटनापछि कारमा आगो लागेको थियो र त्यसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको विज्ञप्तिमा बताइएको छ ।
जोटाले गत महिना मात्र पोचुगलसँग नेसन्स लिगको उपाधि जितेका थिए । उनी आगामी जुलाई २६ मा लिभरपुल र एसी मिलानबिच हुने खेलका लागि हङकङ पुग्ने तयारीमा थिए ।
२८ वर्षीय जोटा सन् २०२० मा वुल्भ्सबाट लिभरपुलमा ४.१ करोड पाउन्डमा अनुबन्ध भएका थिए । उनले रेड्सका लागि १८२ खेलमा ६५ गोल गरेका छन् ।
उनले गत सिजन लिभरपुलसँग प्रिमियर लिगको उपाधि जितेका थिए । साथै एफए कप कम्युनिटी शिल्ड र काराबाओ कप जितेका थिए ।
जोटाले दुई हप्ता अघि मात्र विवाह गरेका थिए । उनी सन् २०२५ को जुन २२ मा रुटे कारडोसोसँग विवाह बन्धनमा बाँधिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण