मिटरब्याजी मन्टु सम्पर्कविहीन, पक्राउ गर्न प्रहरीलाई प्रशासनको पत्र
सारांश
- विराटनगरका मिटरब्याजी सञ्जय प्रसाद रौनियार ‘मन्टु’ सम्पर्कविहीन भएपछि मोरङ प्रशासनले उनलाई उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेको छ।
- मन्टुविरुद्ध २० जना पीडितले उजुरी दिएपछि प्रशासनले छलफल बोलाएको थियो, तर उनी नआएपछि प्रहरीलाई पत्राचार गरिएको हो।
- मन्टुले यसअघि पनि ठगी मुद्दामा जेल सजाय भोगेका थिए र अहिले पीडितहरूलाई फेरि धम्की दिएको आरोप लागेको छ।
विराटनगर । विराटनगरका मिटरब्याजी सञ्जय प्रसाद रौनियार उर्फ ‘मन्टु’ सम्पर्कविहीन भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले उनलाई तत्काल जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेको छ।
मन्टुविरुद्ध २० जना पीडितले उजुरी दिएपछि प्रशासनले छलफलका लागि बोलाएको थियो। तर, उनी छलफलमा नआइकन मोबाइल अफ गरेर बसेकाले बिहीबार प्रहरीलाई प्रशासनले पत्राचार गरेको हो। यसअघि उनी बिरामी भएको बहाना बनाएर छलफलबाट भागेका थिए।
मन्टु यसअघि पनि ठगी र आपराधिक लाभको मुद्दामा १६ महिना जेल बसेका थिए। जेलमा रहँदा उनले १७ जना पीडितको जग्गा फिर्ता गर्ने सहमति गरेका थिए, सोहीअनुसार जग्गा फिर्ता पनि भयो। पछि, २०७९ जेठमा जिल्ला अदालतबाट उनले सफाइ पाए।
तर, जेलबाट छुटेको दुई वर्षपछि उनले पुरानै पीडितहरूलाई ‘फिर्ता गरेको जग्गाको पैसा दिनुपर्छ’ भन्दै हुलाकमार्फत पत्र पठाएर फेरि आतंकित बनाउन थालेका छन्। यही कारण २० जना पीडितहरूले पुनः जिल्ला प्रशासन प्रशासन कार्यालय मोरङमा सामूहिक उजुरी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण