नेपाल नर्सिङ परिषदद्वारा विभिन्न परीक्षाको नतिजा सार्वजनिक
सारांश
- नेपाल नर्सिङ परिषद्ले विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
- परीक्षाको नतिजा परिषद्को वेबसाइट वा कार्यालयको सूचना पाटीमा हेर्न सकिनेछ।
- उत्तीर्ण परीक्षार्थीहरूले प्रमाणपत्रका लागि शुल्क तिरेर आवेदन दिन सक्नेछन्।
काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परिषद्ले आज एक सूचना जारी गर्दै गत असार १७ र १८ गते सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशन गरेको हो।
प्रकाशित नतिजामा पिसिएल नर्सिङ, बिएस्सी नर्सिङ, बिएमएस र विशेषज्ञ नर्स तह समावेश छन्। परीक्षार्थीहरूले आफ्नो नतिजा परिषद्को आधिकारिक वेबसाइट Application.nnc.org.np मा लगइन गरेर वा परिषद्को कार्यालय, बाँसबारीको सूचना पाटीमा हेर्न सक्नेछन्।
परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूले नाम दर्ता प्रमाणपत्रका लागि दुई हजार शुल्क भुक्तानी गरी आवेदन दिन सक्नेछन्। प्रमाणपत्र लिन जाँदा आफ्नो नागरिकताको सक्कल प्रति, परीक्षाको प्रवेश पत्र र परीक्षाका लागि पेश गरिएका सम्पूर्ण शैक्षिक प्रमाणपत्रका सक्कल प्रतिहरू अनिवार्य रूपमा साथमा लैजानुपर्ने परिषद्ले जनाएको छ।
परिषद्ले विभिन्न तहका लागि असार २२ गतेदेखि फरकफरक समयमा प्रमाणपत्र वितरण गर्ने तालिका पनि सार्वजनिक गरेको छ।
नतिजामा चित्त नबुझ्ने परीक्षार्थीहरूले नतिजा प्रकाशित भएको मितिले ३५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमतीको सभापतिमा उम्मेदवारी दिने थपिए २ जना, ५ जनाबिच भिडन्त हुने
-
पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण