खानेपानीमा महानगरको निगरानी : ६३ वटा जार जफत
शुक्रबार, २० असार २०८२, ११ : ३४
सारांश
- काठमाडौं महानगरपालिकाले जारमार्फत बिक्री हुने पानीको निगरानी बढाएको छ।
- शुक्रबार बालाजुमा चेक प्वाइन्ट राखेर ६३ वटा पानीका जार जफत गरियो।
- महानगर प्रहरीले पानीका जार बोक्ने गाडीको निगरानी बढाएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जार मार्फत बिक्री हुने खानेपानीको निगरानी बढाएको छ । महानगर प्रहरीका अनुसार अहिले अभियान नै चलाएर खानेपानीको जारमा अनुगमन गरिरहेको हो ।
शुक्रबार बिहानै बालाजु माछा पोखरी चोकमा चेक प्वइन्ट राखी महानगर प्रहरी बल र कृषि तथा पशुपन्छी विभागको संयुक्त टोली अनुगमनले गर्दा ६३ वटा पानीको जार जफत गरेको छ । काठमाडौँ महानगरभित्र छिर्न लागेका २२ वटा सवारी साधनबाट ६३ वटा जारहरू जफत गरिएको नगर प्रहरीले जनाएको छ ।
‘हामीले महानगरभित्र छिर्ने मुख्य नाकाहरूमा जारको पानी बोक्ने गाडीहरूमा निगरानी बढाएका छौँ । कुच्चिएको, अपारदर्शी, टुटफुट भएको र लेबल प्रस्ट नभएको पानीको जार तत्काल जफत गरेर नष्ट गरिरहेका छौँ,’ महानगर प्रहरीले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण