नाडा अटो शो २०२५ का लागि स्टल बाँडफाँड
सारांश
- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले 'नाडा अटो शो २०२५' को स्टल एलोकेसन सम्पन्न गरेको छ।
- नाडा अटो शो आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।
- शो मा चार पांग्रे सवारीका १८, दुई पांग्रेका ४, लाइट कर्मर्शियल भेहिकलका १३ र अटो कम्पोनेन्टसका ४० भन्दा बढी स्टल रहनेछन्।
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ‘नाडा अटो शो २०२५’ का लागि स्टल एलोकेसन सकिएको छ । नाडाले आयोजना गर्न लागेको नाडा अटो शो आगामी भदौ ३ देखि ८ सम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।
नाडाका अनुसार अटो शो मा चार पांग्रे सवारीका १८ वटा स्टल, दुई पांग्रेको ४ वटा, लाइट कर्मर्शियल भेहिकलका १३ वटा र अटो कम्पोनेन्टहरुका ४० वटाभन्दा बढी स्टल रहने छन् । यो संस्करणमा मेड इन नेपाल पभिलियन, विन्टेज कार पभिलियन, अटो डायलग (नीति र प्रवृत्ति सम्बन्धी संवाद), इटेरी, क्याफेलगायत विशेष आकर्षण हुनेछ । नाडा अटो शो को टाइटल स्पोन्सर एमएडब्ल्यू ग्रुप अफ कम्पनी रहनेछ ।
वि.सं. २०५५ मा सुरु भएको नाडा अटो शो २०८२ सम्म आइपुग्दा नेपाली अटो उद्योगको प्रमुख प्रदर्शनी बनेको छ । जसले नाडा अटो शो प्रविधि, नवप्रवद्र्धन एवं गतिशीलतामा महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण